काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै १३ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशैभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । संक्रमितमध्ये ३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा बाजुरामा ६३, महोत्तरीमा ५६, गुल्मीमा ३८, प्युठानमा ३५, दाङमा ३४, बाजुरा र नवलपुरका ३१(३१, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटमा १७/१७ जना, डोटीमा १३, रुपन्देहीमा १२,धनुषामा १० र कपिलबस्तुमा ८ जनामा कोरोना संक्रमण भएको छ ।
त्यस्तै, उदयपुर, तनहुँ र अर्घाखाँचीमा ६(६ जना, कास्कीमा ५, खोटाङमा ४ र झापा, दोलखा, पर्वत, म्यादी र पाल्पामा २/२ जना, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १/१ जनामा कोरोना संक्रमण भएको छ ।