चीन । दुई देशको सीमा विवादमा भारतीय सेनासँगको हिंस्रक भिडन्त गरेर २० जना भारतीय सैनिकको ज्यान लिएका आप्mना सैनिकलाई मजवुत बनाउन नयाँ रणनीति समावेश भएको मार्सल आर्ट प्रशिक्षण दिन लागेको छ ।
हरेक हिसाबले दूरी बढ्दै गएको भारतप्रतिको सिमा विवादको वहाना बनाएर कठोर लडाईको तयारीका लागि चीनले उक्त तालिमको आयोजना गर्न लागेको हो ।
सिमानाको लडाईमा खटिने सैनिकलाई छनोट गरेर प्रशिक्षण दिन चीनले एन्बो फाइट क्लबका २० जना मार्सल आर्ट प्रशिक्षक तिब्बत पठाउने तयारी गरेको हो । शुरुदेखि आफना सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिने तयारी नभएपछि भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि मात्रै चीनियाँ सरकारले उक्त कदम चालेको हो ।
सैनिकलाई प्रशिक्षण् सम्बन्धि आधिकारिक प्रतिक्रिया सरकारले नदिएपनि आन्तरिक रुपमा २० जना प्रशिक्षक पठाएर तालिमको तयारी भएको बताइएको छ ।
सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन्।तरपनि हालैको भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए।
हालसम्म चीनले आफ्नो पक्षको कुनैपनि क्षतिको विवरण सार्वजनिक गरेको छैन। चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना २० जना सैनिकको ज्यान गएको भारतले यस अघि नै पुष्टि गरेको छ ।
हङ्कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षणमा खटाइने विषयको समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले गएको जुन २० तारिखमा उल्लेख गरेपछि यो खबर बाहिर आएको बताइएको छ ।
सरकारी सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक उक्त तालिमका लागि केही समयपछि तिब्बतको राजधानी ल्हासामा रहने छन्। तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले जानकारी दिएको छैन।
आणविक हतियार भएका चीन र भारतले लद्दाखको गलवान उपत्यकामा जुन १५ मा भएको घटनामा एक अर्कालाई दोषारोपण गरिरहेका छन्। प्रतिकूल मौसम रहेको यो उच्च हिमाली भेग अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रणमा छ।
एजेन्सीको सहयोगमा