सुर्खेत । कालीकोट जिल्ला अस्पतालबाट प्रदेश अस्पताल सुर्खेतका लागि रिफर गरिएकी सुत्केरी बोर आएको एम्बुलेन्स बिच बाटौमै अलपत्र परेको छ ।
लगातार परेको भारी वर्ष र पहिरोको कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक भत्कीउ पछि एम्बुलेन्स अलपत्र परेको हो ।
कर्णाली राजमार्ग वर्षाले अवरुद्ध बनेपछि एम्बुलेन्स अलपत्र परेको हो । कर्णाली राजमार्ग अन्तरगत दैलेख जिल्लाको आठविस नगरपालिका ३ जाक्सी खोलामा गएको पहिरोले गयरातीदेखि सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्धभएसँगै कालिकोट अस्पतालबाट वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालका लागि रिफर गरी ल्याइएकी सुत्केरी बोकेको एम्बुलेन्स पनि १६ घण्टादेखि बाटोमै अलपत्र परेको छ।
‘रातिदेखी यही रोकिएका छौं। विरामीको अवस्थामा सुधार नभएपछि कालिकोट अस्पतालबाट सुर्खेतका लागी एम्बुलेन्समा ल्याएका थियौं।' बिरामीका श्रीमान राजकुमार शाहीले भने, 'अहिलेसम्म बाटो नबन्दा अलपत्र परेका छौं।’
आइतबार विहान कालिकोट अस्पतालमा खाँडाचक्र नगरपालिका–१ निवासी वसन्ती शाहीले छोरालाई जन्म दिएकी थिइन्। आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि कालिकोट अस्पतालका चिकित्सकले वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा जान सुझाएका थिए।
‘हामीले यहाँको आठविस नगरपालिकामासमेत खवर गरेका थियौं। यसका साथै छिमेकी जिल्ला अछाममासमेत खवर गरेका थियौं। अहिले एक बजेसम्म पनि कहिकतैबाट पहिरो हटाउनका लागी पहल भएको छैन। सुत्केरी र वच्चाको स्वास्थ्य थप जटिल बन्दै गइरहेको छु, उनका श्रीमानले भने।