काठमाडौं । आजपनि देशका अधिकांश क्षेत्रमा पानी पर्ने छ । देशका विभिन्न क्षेत्रमा आँशिकदेखि सामान्य बदली रहने छ भने, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा अहिले सामान्य वर्षा भइरहेको मौशम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज १ र २ बाहेकका प्रदेशको एकरदुई स्थानहरूमा भारी वर्षा को सम्भावना रहेको छ ।
यी प्रदेश आसपास भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी पोखरामा ३४।९ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै धनकुटामा २४।९, सिमरामा २३।२ मिलिमिटर वर्षा मापन गरिएको छ।
केही दिनदेखि नेपालको मौसममा मनसुनी वायुको प्रभाव छ। हिजो साँझदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग बाट केही दक्षिणतिर सरेको छ। तर, मनसुन भने कायमै रहेकोले वर्षात् भने केही दिन हुनेछ।
आज विहान ३ः४५ बजेको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा रुपन्देही र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।