काठमाडौं । विश्वभर कोरोना भाइसर ९कोभिड–१९० संक्रमितको संख्या १ करोड ४२ लाख १४ हजार ७ सय नाघेको छ । जसमध्ये ८४ लाख ८७ हजार ३ सयभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेका छन् भने ४० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट विश्वभरमा अहिलेसम्म ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३७ लाख ७० हजारभन्दा बढी रहेका छन् । अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ४२ हजार ६५ जनाले ज्यान गुमाइसकेका छन् भने १७ लाख ४१ हजारबढीले स्वास्थ्य लाभ गरेका छन् ।
यस्तै बढी प्रभावितमध्ये विश्वको दोस्रो स्थानमा रहेको ब्राजिलमा २० लाख ४८ हजार ६ सय बढी कोरोना संक्रमित रहेका छन् । ब्राजिलमा ७७ हजार ९ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् भने १३ लाख ६६ हजार ७ सयभन्दा बढीले स्वास्थ्य लाभ गरेका छन् ।
यता एसियामा सबैभन्दा बढी प्रभावित भारत विश्वमा तेस्रो स्थानमा रहेको छ । भारतमा अहिलेसम्म १० लाख ४० हजार ९ सय ४८ जना संक्रमित रहेका छन् । जसमध्ये २६ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५४ हजारभन्दा बढीले स्वास्थ्य लाभ गरेका छन् ।
बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार २ सय ३३ जना रहेका छन् भने मेक्सिकोमा ३८ हजार ३ सय १० जनाले ज्यान गुमाएका छन् । यस्तै इटालीमा ३५ हजार २८, फ्रान्समा ३० हजार १ सय ५२, स्पेनमा २८ हजार २ सय ४०, इरानमा १३ हजार ९ सय ७९, रसियामा १२ हजार २ सय ४७, पेरुमा १२ हजार ७ सय ९९, दक्षिण अफ्रिकामा ४ हजार ८ सय ४ जना कोरोना संक्रमितको ज्यान गएको छ ।