सुर्खेत । कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रपमत थपिएका छन् ।
प्रदेश अस्पतालरपशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख जिल्ला अस्पताल दैलेख र चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना कोरोना संक्रमणको पुष्टी भएको हो ।
प्रदेश अस्पतालरपशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख ढुङ्गेश्वर गाउँपालिका–१ का ३३ वर्षिया पुरुष र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २८ वर्षिया पुरुष, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख दुल्लनु नगरपालिका– ८ का १९, २०,२०, २४ वर्षिया पुरुष, गुराँस गाउँपालिका–८ २७ वर्षिया पुरुष, नारायण नगरपालिका–१ का २२ वर्षिया पुरुष, २०, २३ वर्षिया महिला, नारायण नगरपालिका–८ का ३१ वर्षिया पुरुष र चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान कुमाख गाउँपालिका–४ का २१ वर्षिया पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले बताए ।
‘कर्णालीमा मंगलबार १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।’ उनले भने,‘कर्णालीमा कोरोना संक्रमितको संख्या १७६१ पुगेको छ ।’ त्यस्तै, कर्णालीमा मंगलबार १४ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।
प्रदेश अस्पताल सुर्खेतबाट १४ जना ९१२ पुरुष, २ महिला डिस्चार्ज भएको डा।तिवारीले बताए । ‘कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५३३ पुगेको छ ।’ उनले भने,‘कोरोनाका संक्रिय संक्रमित २२२ जना रहेका छन् ।’
कर्णालीमा कोरोनाका कारणले ६ जनाको मृत्यु भएको छ ।