खड्ग सुनार
मुगु, । मुगु छायाँनाथ रारा नगरपालिका–२ की जुनकली देवकोटा अहिले टर्की, कुखुरा र हाँसपालन गर्दै आएकी छन् ।
लामो समय सदरमुकाम गमगढीमा कस्मेटिक पसल संचालन गर्दै आएकी देवकोटाले कस्मेटिक व्यापार राम्रो नभएपछि कृषि पेशामा लागिकी हुन् ।
देवकोटा विगत १८ वर्षे सम्म सदरमुकाम गमगढी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दे आईरहदा कुनै पनि आम्दानी नभएपछि कस्मेटिक पसल छोडेर टर्की, हाँस र कुखुरापालनमा लागेको देवकोटाले बताइन् । ‘जिल्लामै पहिलो पटक १८ बर्षसम्म कस्मेटिक पसलको व्यवसाय गर्दा आम्दानी खासै भएन् ।’ उनले भनिन्,‘घर खर्च टार्न धौधौ पर्ने अवस्था आयो ।’
घर खर्च नै धान्न समस्या हुन थालेपछि कस्मेटिक पसल छोडेर टर्की, हाँस र कुखुरापालन व्यवसायमा राम्रो आम्दानी हुने गरेको देवकोटा बताइन् । ‘रोजगारीका लागि अन्त जानु पर्दैन् ।’ उनले भनिन्,‘व्यवसायिक ढंगले गाउँमा नै केही गर्न सकियो भने रोजगार गाउँमा नै पाइन्छ ।’
राराताल जाने मुल गेटका रुपमा रहेको छायाँनाथ रारा नगरपालिका–७ टोप्ला रारा आउने पाहुनालाई लक्षित गरेर व्यवसाय संचालन गरेको देवकोटाले बताइन् । ‘कोरोना महाकारी कारणले विगतकोभन्दा आम्दानीमा कमी आएको छ ।’ उनले भनिन्,‘यसैबाट घर खर्च चलाउन, २ छोराको पढाईसमेत खर्च गर्ने गरेकी छु ।’
कृषि फार्म संचालन गर्नका लागि १५ लाखभन्दा बढी रुपैयाँ लगानी गरेको देवकोटाले बताइन् । ‘हाल फार्ममा ३ सयभन्दा बढी स्थानीय जातका कुखुरा, ३० वटा हाँस र ५० वटा टर्की रहेका छन् ।’ उनले भनिन्,‘मुगुमा पहिलो पटक टर्कीपालन गरेको हुँ ।’
देवकोटालाई पशुपन्छी तथा पशु कार्यालय मुगुबाट टर्कीपालनका लागि ५ लाख रुपैयाँ सहयोग गरेको कार्यालय प्रमुख भिम बुढाले जानकारी दिए ।