सिमकोट । पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृती दिवशका अवसरमा नेकपा हुम्लाले थुनुवा र बिरामीलाई फ्रुटी वितरण गरेको छ ।
देशभर आप्mना संस्थापक महासचिव स्वर्गिय नेता श्रेष्ठको स्मृती दिवश मनाए झै बुधबार अपान्ह साढे १ बजे सिमकोटको एकता चोक स्थित पार्टी कार्यालयमा एक अनौपचारिक कार्यक्रममा बिच नेकपा हुम्लाले श्रेष्ठको फोटोमा माल्यर्पण गरेर स्मृती दिवश मनाएका छन् ।
पार्टीका जिल्ला इन्चार्ज बिजय भण्डारी प्रतिरोध, जिल्ला अध्यक्ष लालकेश जैशी सहितका नेताहरुले पार्टी कार्यालयमा माल्यर्पण गरे भने त्यसपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना थुनुवा र जिल्ला अस्पतला हुम्लामा भर्ना भएका १० जना बिरामीलाई फ्रुटी र माक्स वितरण गरेको नेकपा जिल्ला अध्यक्ष लालकेश जैंशीले जानकारी दिए । 'कोरोना भाइरसको त्रास अँझै कायमै भएकाले हामीले औपचारिक कार्यक्रमकाके आयोजा गर्ने आँट गरेनौं', नेकपा हुम्लाका अध्यक्ष जैशीले नेपालबोटसँग भने, 'पुष्पलाले नेकपा स्थापना नगरेको भए आज नेपाल समाजवाद र गणतन्त्रमा जाने कल्पना समेत गर्न सकिदैन थियो ।'त्यसैले उहाँको योगदानको कदर गर्दै जिल्ला सदरमुकाम सहित विभिन्न स्थानमा संस्थापक महासचिवको स्मृती दिवश हामीले मनाएका हौं ।
यसैगरी यसैगरी ४२ औं पुष्पलाल स्मृती दिवशको अवसर पारेर नेकपा अदानचुली गाउँकमिटिले एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । अदानचुली गाउँकमिटीका अध्यक्ष हरिदल पुनको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नेकपा कर्णााली प्रदेश कमिटि सदस्य तथा अदानचुी गाउँपालिका अध्यक्ष दल फडेराले पार्टीमा मौलाउँदै गएको गुटगत व्यवहार नत्यागेसम्म संस्थापक महासचिव पुष्पलालको सच्चा श्रद्धाञ्जी नहुने धारणाा राखे कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य तथा दानचुली गाउँकमिटि इन्चाज हस्तबहादुर शाहीले पुष्पलाको योगदानकै कारण आज नपालका तीनै तहका सरकारमा कम्युनिस्टको दुइैतिहाई बहुमत भएकाले श्रमजिवि जनताको अधिनायकत्व स्थापित गर्ने काममा लाग्नु पर्नेमा जोड दिए । विकासका नाममा हरेक क्षेत्रमा कमिसन र भ्रष्टाचार मौलाएको उल्लेख गरेका नेता शाहीले पार्टी र सत्ता बिचको प्रगाढ सम्बन्ध स्थापित गरेर नागकिलाई कम्यूनिस्ट सरकारको प्रत्याभूति प्रदान गर्नु पर्ने बताए ।
कार्यक्रम अदानचुली गाउँकमिटिका सहइन्चार्ज कर्ण रोकाया सुधार प्रदेश क निर्वाचन समन्वय समितिका सचिव दलु फडेरा सञ्जय लगायतका नेताहरुले पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।
बाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्नुभएका पुष्पलालकोे बि. सं २०३५ साल साउन ७ गते भारत निर्वासनका क्रममा निधन भएको हो । बाम आन्दोलनका कारण पञ्चायतकालमा श्रेष्ठ भारत निर्वासनमा जानुपरेको थियो । शहिद गंगालालका भाइसमेत रहनुभएका पुष्पलालले २००६ सालमा भारतमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो भने कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई पहिलोपटक नेपालीमा अनुवाद गरेका थिए ।