खड्क सुनार
मुगु । विश्वले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेपनि नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिजाका नागरिक तीन वर्ष देखि फोन गर्न अग्लो डाँडा धाउनु पर्ने बाध्यता छ ।
नेपाल टेलिकमको नमस्ते टावर निर्माण गर्नकालागि ल्याएका लाखौ मूल्यका सामानहरु अहिले छेदबिच्छेद अवस्थामा रहेपछि बिग्रेको टेलिफोन टावर नबनेपछि सिंजावासी सम्पर्क बिहिन भएका हुन् । गाउँमा सुविधा दिदैं आएको टावर बिग्रेपछि र्मत हुन नसक्दा सिंजाका स्थानीय टेलिफोनको सुविधाबाट बञ्चित हुनु परेको हो ।
पटकपट कनका सुन्दरी गाँउपालिकाको पहलमा टावर मर्मतका लागि नेपाल टेलिकमलाई अनुरोध गर्दा पनि गाँउपालिकाको वडा नम्बर ६ बिराटमा थ्रिजी सहितको सेवा बिस्तार गर्ने लक्ष्यका साथ ३ वर्ष पहिला ठेक्का गरेको नेपाल टेलीकमले लाखै मूल्यका सामानहरु ल्याएपनि कुनै टावर मर्मतका लागि चासो नदिंदा सिंजा क्षेत्रका नागरिकलाई फोन गर्न अग्लो डाँडा धाउनु परेको कनका गाउँपालिकाले जनाएको छ ।
लामो समयदेखि टेलिफोनको टावर नबनेपछि दुई हजार दुई सय ४७ घर परिवारका १३ हजार दुई सय १६ जनानागरिकहरु सञ्चार बिहीन भएको सुन्दरी गाउपालिका वडा नं ३ का स्थानीय लालसिह बुढाले जानकारी दिए । ‘वैदेशिक रोजगारीका लागि कतारमा गएका आप्mना भाइलाई सम्पर्क गर्न आप्mनो घरबाट करिब १ घण्टाको उकालो बाटो चढेर डाँडामा पुग्नु पर्छ,’ बुढाले नेपालबोटसँग भने, ‘सिंजा ऐतिहाँसिक क्षेत्र भनेपनि टेलिफोनको टावर बनाउने काममा कसैलेपनि ध्यान नदिंदा हामीलाई घर बाहिर गएका आफन्तलाई सम्पर्क गर्न निकै टाढा जानु पर्ने बाध्यता छ ।’
टावर मर्मत कार्य नभएपछि टावरका लागि भने ल्याइएका सोलार पाता, ब्याट्री, सरिया सिमेन्ट लगायतका लाखौ मुल्यका सामाग्रीहरु अलपत्र परेका छन् । सोलार पातामार्फत गोठालाले मोबाइल ब्याट्री चार्ज गर्ने काम गरेको स्थानीय बताएका छन् ।
गाँउपालिकाबाट ५ वटा पत्रहरु नेपाल टेलिकमलाई पत्रचार गरिसक्दापनि नेपाल टेलिकम कार्यालय र ठेक्कादारले कुनै पनि सुनुवाई नगर्दा टेलिफोन टावर बनाउन समस्या आएको कनकासुन्दरी गाउपालिकाका अध्यक्ष नरविर रावतले जानकारी दिए ।