काठमाडौं । निकै रप्mतारमा कोरोना संक्रमितको संख्या बढेको नेपालमा पछिल्लो समय संक्रमितको संख्या २२ हजार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सार्वजनिक भएको तत्थ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ सय पुगेको छ ।
देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र ६२ जनामा सङ्क्रमण देखिएको छ । यससँगै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ । यस मध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना सङ्क्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३ /१३ जना सङ्क्रमित भएका छन् । यस्तै सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७ /७ जना र रौतहटका ६ जनालाई कोरोना सङ्क्रमण भएको छ ।
यसैगरी गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २ /२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।