सिमकोट । २१ औं शताब्दीको वैज्ञानिक युगमा समेत वैद्धिककालको झल्को दिने गरी हुम्लाको साउन पूर्णिमा मेला सहजै रुपमा तामभाmमका साथ सम्पन्न भएको छ ।
विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड १) को महामारीले अधिकांश स्थान बन्दाबन्दी र सिल भैरहेो समयमा परेको साउने पुर्णीमा अर्थात जनैुर्णीमा मनाउने सन्दर्भमा हुम्लालाई विगतका भन्दा खासै ठूलो फरक नपरेको देखियो । जिल्लाको प्रशासनिक केन्द्रका रुपमा स्थापित जिल्ला सदरमुकाम सिमकोट देखि दुरदराजका गाउँहरुमा कथित रुपले कोरोना त्रास छाएपनि साउने पूर्णीमालाई मनाउने सन्दर्भमा खासै विगतका प्रचलन भन्दा तात्वीक फरक देखिएन ।
'देवपुरी हुम्लो ब्रम्ह्रपुरी जुम्लो' भन्ने पौराणीक कथनलाई हरेक पूर्णीमा र पर्वहरुमा प्रमाणीत गर्दै आएको हुम्लाको साउने पुर्णीमाले यो वर्षसमते उक्त मान्यतालाई निरन्तरता मात्रै दिएन् यसले केही तत्थ्यलाई उजागरसमेत गरेको छ । साउने पुर्णीमा मनाउने तयारीका बारेमा स्थानीय तह, स्थानीय प्रशासन र धार्मिक अगुवाहरुको छलफल र भेटघाट हुँदैं मेलाको प्रारम्भदेखि त्यसको अन्तसम्मका सबै गतिविधिको प्रत्यक्षदर्सीका हिसाबले देखेका केही तत्थ्यहरुलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ।
तत्थ्य १ः प्रशासन नियन्त्रीत बन्दै धार्मिक परम्परा
मानव जगतको आधुनिक इतिहाँसमा विश्व समुदायलाई नैं एकै समयमा थला पार्ने गरेर संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड १९) को सन्त्रासका बीच मनाइएको हुम्लाको साउने पुर्णीमाले छोडेको पहिलो तत्थ्य हो, प्रशासन नियन्त्रीत बन्दै धार्मिक परम्परात ।
यस अघिका वर्षमा जिल्ला सदरमुकामको स्थानीय प्रशासन होस वा गाउँमा भएका ग्रामीण प्रशासनका साना इकाई नैं किन नहोस् ? सबै प्रचलीत गाउँको धार्मिक मान्यताका आधारमा आप्mना प्रशासनिक काम कारबाहीलाई अघि बढाएको देखिन्थ्यो । तर यो वर्ष ठिक त्यसको उल्टो भयो । सामाजिक विश्वाश र परम्परागत मान्यताका आधारमा निकै कट्टर मानिनरे रैथाने धार्मिक परम्परा प्रशासनिक नियम र मान्यताबाट निर्देशति भयो । कोरोना संक्रमणको त्रासले सरकारको प्रचलित मान्यता अनुसार नैं जिल्ला (मुख्यतः) सदरमुकाम सिमकोटका धार्मिक मान्यता अनुबन्धित भए ।
गएको साउन १२ गते जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्लाका सरोकारवाला निकायको बैठकले गरेको निर्णय अनुसार नैं सिमकोटका धार्मिक संस्था (माडु) र धार्मिक अगुवा (धामी र डाँगर) ले आप्mना कामलाई अघि बढाउने मात्रै होइन्,रातभर गरिने होम, जग्गी, पुजा र धमेलो (धामीलाई भविष्यवाणी तथा मुद्धा फैसला गर्न लगाउने) कामलाई समेत प्रशासनको निर्णइ अनुसार नैं अघि बढाए पछि देवपुरी हुम्लाको धार्मिक परम्परा बिस्तारै प्रशासन नियन्त्रीत भमएको आभास दिएको छ । यसले गर्दा यात यस भन्दा अघिको समयमा गरिदैं आएका मान्यता कथित रुपमा थिए ? वा पछिल्लो समय देवपुरी हुम्लोमासमेत मानिदैं आएको देवत्वको प्रभाव बिस्तारै कम हुँदै गएको भन्ने बहस शूरु भएको छ ।
तत्थ्य २ः काम्ने (देवता आउने) क्रम नयाँ पुस्तामा बढी
साउने पुर्णीमाको अवसरमा हरेक गाउँमा हुने धामी नाचमा दबजाएका बाजागाजाको ताल सँग नयाँ पुस्ताका युवा, युवतीहरुमा आउने देवता (काम्ने) प्रचलन कायमै रहनु अर्को महत्वपुर्ण तत्थ्य हो । धामी नाचमा खासै विश्वाश नराख्ने हुम्लाको युवापुस्ता लकडाउने अहिले प्राय गाउँ फर्केको छ ।
कोरोना ञासकै बीच गाउँमा गएको युवापुस्ताले पनि साउने पुर्णीमाको त्रयोदशी (त्रिदशी) को दिनदेखि आप्mनो घर र गाउँमा हुने हरेक धाम (धामी नाच तथा अन्य गतिविधि) मा जानी नजानी सहभागि भएको छ । घरका अविभावकको खटनपटनमा धामी (देवता) सँग सम्बन्धित काममा लागेका युवा युवतीहरु मनमा लाज मानेर काममा सहभागि भए । तर तिनै युवा, युवतीहरु पुर्णीमाको दिनमा लाग्ने ठूलो देवताको धाम (मेला) मा दमाइले बजाएको बाजासँगै कुनै प्रवाह नगरेरै कामे, नाचे । जुन आफैमा निकै रोचक तत्थ्य हो । युवायुवतीहरु आफैले त्यसरी नाच्न गए भन्ने हो भन अन्य दिनमा धामीको काममा जान पनि लाज मान्ने वा डराउने गर्थे त गएपनि खासै विश्वाश गरेको देखिन्न्थ्यो । तर पुर्णीमाको दिनमा आफूमै अदृश्यत्मक शक्तिले कमाउने र नचाउने गरेपछि युवाहरुलाई समेत अलौकि दैविय (देवता) को शक्तिमा विश्वाश लाग्न थालेको देखिन्छ ।
तत्थ्य ३ः धामीको सदविद् (अनौठो कुरा देखाउने) कायमै
पछिल्लो समय हरेक क्षेत्रमा बढ्दै गएको विज्ञानको प्रभावले हरेक व्यक्ति विज्ञानलाई निकै ठूलो प्राथमिकता दिने र देवी देववतालाई कम प्राथमिकता दिने विषय हुम्लाको नयाँ पुस्ताका लागि खासै अनौठो होइन । त्यसैले पनि होला पछिल्ला आर्थिक वर्षहरुमा चाहे स्थानीय तह हाृस् वा प्रदेश सरकारदेखि संघीय सरकार नै किन नहोस् सबैले देवी दवताका मन्दिर, माडु देखि त्यससँग सम्बन्धित कामलाई अनुत्पादक भन्दै खासै प्राथमिकता पारेका छ्रैनन् ।
त्यसले सतही रुपमा पछिल्लो समय गाउँमा देवी देवताका धामीहरुमा खासै देवता छैन् त्यसैले पनि सरकारले अवाञ्छित रुपमा आप्mनो प्राथमिकतामा नपारेको भनाई स्वयम् गाउँमा अगुवा जानकारहरुको छ । तरयो वर्षको साउने पुर्णीमाले जिल्लाका गाउँमा भएका देवताका धामीहरुले अनौठा प्रकारका गतिविधि वा भिद् (नयाँ कुरा देखाउने) काम गरेका छन् ।
छिप्रामा सर्किको नयाँ धामी भएका वालक लेखे नेपाली होस् वा सिमकोट, ठेहेदेखि अन्य विभिन्न ठाउँका धामीले नै किन नहोस् सबैले देख्ने गरेर हातमा लिएका अछेताबाट चाँदीको सुता (लठामा बाँध्ने, कालो तिलक, देखि विभिन्न पदार्थ) बनाउने काम गरेपछि हुम्लाका धामीमा अँझै दवता छ र त्यसले केही कुरा आमरुपमा देखाउन सक्छन् भन्ने मान्यतालाई समेत स्थापित गरेको देखिन्छ ।
तत्थ्य ४ः हराउँदै परम्परागत पहिरन
हुम्लाको चार्ड पर्व भन्ने बित्तिकै परम्वरागत पहिरनले सजिएका महलिा पुरुषको जमघडट भन्ने बुझिन्थ्यो । तर पछिल्लो समय हुम्लाको रैथाने पहिरन भन्दा बाहिरबाट आएको पहिरनकै बाहुल्यता बढ्दै गएको रहेछ भन्ने तत्थ्य पछि स्थापित गरेको छ । अहिलेको साउने पुर्णीमाले ।
पहिलो महिलाले स्थानीय कपडा ठेटुवा (घरबुना) को दौरा लगाउने, जिल्लाको दक्षिण भेगका पुरुवाहरुले ठेटुवा (बुना) को दौरा सुरुवाल लगाउने र उत्तरतर्फका पुरुषहरुले पाखो र अन्य स्थानीय पहिचान झल्काउने खाले कपडा लगाउने प्रचलन थियो तर पछिल्लो समय त्य सबै पहिचान पूर्ण रुपमा लोप हुँदै गएको देखियो । सदरमुकाम सिमकोटमा जम्मा भएका झण्डै २ हजार बढी स्थानीय मध्ये जम्मा आधा दर्जन महिलाहरुले मात्रै परम्परागत पहिरन लगाएाके देखिनुले पछि यो तत्थ्यालाई थप प्रमाणीत गरेको छ ।
घरमै बुनेको गामन (विवाहित महिलाले लगाउने कपडा) लगाउने महिला धोतीमा परिणत भए भने दौरा लगाउने केटीहरु जिन्सको पाइन्ट र जकेटमा परिवर्तित भएपछि अब हुम्लाको स्थानीय पहिचान झल्कीने पहिरन समेत लोपप हुन थालेको सन्देश यो वर्षको साउने पुर्णीमाले हामीमाझ छोडेर गएको छ ।