हुम्ला । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चैत ५ गतेदेखि बन्द देशका सबै विद्यालय बन्द भएका थिए । लकडाउन बन्दाबन्दीको समयमा विद्यालय बन्द भएपछि विद्यालयको औपचारिक पठन पाठनबाट विद्यार्थीहरु बञ्चित भएर घरमै बन्द अवस्था रहेका थिए ।
बन्दाबन्दीको अवस्थामा समेत विद्यालयको औपचारिक कक्षालाई निरन्तरता दिन गएको जेठ महिनादेखि जिल्लाको शिक्षा क्षेत्रमा काम गर्दे आएको आधार विकास नेपालको आर्थिक सहयोगमा जिल्ला स्थित तीनवटै रेडियोबाट माध्यमिक तह ( कक्षा ८, ९ र १०) को रेडियो ट्युशन कक्षा शुरु भएको थियो ।
रेडियोबाट सञ्चालन भएको कक्षालाई गाउँगाउँमा भएका वाल क्लव तथा टोलका विद्यार्थीहरुलाई सामुहिक रुपमा पढाउनका लागि विद्यार्थीलाई निशुल्क रेडियो वितरण गरिएको छ ।
रेडियो कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गरेको आधार विकास नेपालको हुम्ला कार्यालयले आप्mनो कार्य क्षेत्रका विद्यार्थीहरुलाई उक्त रेडियो सेट वितरण गरेको संस्थाका शिक्षा संयोजक कञ्जोक लामाले जानकारी दिए ।
‘रेडियो बाट शुरु भएको कक्षामा सहभागिता जनाउने विद्यार्थीहरुलाई सहज होस् भन्ने हेतुले हामीले नाम्खा र सिमकोटको ७ र ८ वडाका विद्यार्थीहरुलाई रेडियो सेट वितरण गरेका हौं, लामाले नेपालबोटसँग भने, ‘यसले घरमा मोवाइल सेट नभएर रेडियो कक्षामा पहुँच नभएका विद्यार्थीहरुको पहुँच विस्तार गर्न सहज हुनेछ ।
लामाका अनुसार जिल्ला सदरमुकाममा भएका रेडियोले कक्षा सञ्चालन गरेपनि विधार्थीको हातमा रेडियो नभएपछि पढाईमा सहभागिता हुन नसकेको गुनासो आएपछि संस्थाले रेडियो वितरण गरेको हो ।
जिल्लामा भएका रेडियोबाट कक्षा शुरु हुने र गाउँमा भएका विद्यार्थी सोही कक्षा रेडियोमाफर्त सहभागि हुने कार्यले लकडाउन (बन्दाबन्दी) को अवधीमा समेत पठनपाठन अघि बढाउन हज भएको मोतिरामको आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले बताए ।
बन्दाबन्दीमा विद्यार्थीको पठनपाठन अघि बढाउने ध्येयले आनिवार्य अंग्रेजि, नेपाली, गणीत, विज्ञान र सामाजिक अध्ययन विषयलाई रेडियो कर्णाली आवाज, रेडियो कैलास र रेडियो श्रीनगरले हरेक दिन ४५ मिनेटको रेडियो कक्षा ‘स्कुल मिरर २०७७ सञ्चालन गर्दै आएका छन् ।