हस्त बुढा
जुम्ला । जिल्लामा चार नयाँ संक्रमित देखिएपछि सदरमुकाम र तिला गाउँपालिका ५ नं वडामा निषेधाज्ञा जारि गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिक्षण अनुसार चन्दननाथ नगरपालिकाका ३ जना र तिला गाउँपालिमाको १ जना गरि जनामा संक्रमण देखिएपछि अर्को निर्णय नहुन्जेल सम्म सिल गरिएको हो ।
जुम्लाको तिला गाउँपालिका वडा नं. ५ ढिमकोट गाउँमा बाहिरबाट आएका एक जना र नगरपालिकामा तीन जना नयाँ कोरोना संक्रमित देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रर्तिष्ठान अस्पताल निर्देशक डा। मंगल रावलले जानकारी दिए ।
उनले भने,'जुम्लामा पछिल्लो समयमा कोरोना संक्रमित संख्या नयाँ पुराना गरि आठ जान रहेका छन । भने, शनिबार गरेको परिक्षणले चार जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लामा फैलन नदिनको लागि नगरपालिका र तिला गाउँपलिका ५ नं। वडालाई गरिएको छ ।'
जुम्ला सदरमुमाम र गाउँपलिका समेत आवत जावतमा निषेधाज्ञा जारि गरिएको छ । अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन र आशंकित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकाम र गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।
२०७७ साउन २५ गते दिउसो ३ बजेबाट अर्को निर्णय नभए सम्मका लागी निषेधाज्ञ जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा संक्रामक रोग ऐन २०२० को २ ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ९ ३० बमोजिम गरिएको छ ।
यसगरी निशेषाज्ञा (सिल) गरिएको क्षेत्र नगरपालिकामा तीन जना र गाउँपालिकामा एक जना नयाँ संक्रमित थपिएपछि चन्दननाथ नगरपालिकाको पुर्वमा दानसाँखु,पश्चिममा उमगाड,उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदि र तिला गाउँपालिकाको पुर्वमा चुलाकोट,पश्चिममा जुगामुल,उत्तरमा डुङग्री र दिक्षिणमा खोलिगाँउका चार किल्ला क्षेत्र रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
आजै कोभिड कमाण्ड नियन्त्रण समितिको वैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको वैठको निर्णय अनुसार साउन २५ गते ३ बजेदेखी निषेधाआज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।