जुम्ला । जुम्ला जिल्ला स्थित कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय तिर्थस्थल ठाकूरज्यू र विष्टज्यू मन्दिरमा हेलिकोप्टर मार्फत पत्थरका मुर्ति पु¥याइएको छ ।
चार हजार ६ सय मिटर उचाईमा रहेको विष्टज्यू, ठाकुरज्यू, मन्दिरमा ठाकूरज्यू, विष्टज्यूको मूर्ति पु¥याइएको हो । बर्षमा ८।९ महिना हिउँ जमेको स्थानमा उक्त मुर्ति लगिएको छ । ठाकूरज्यूमा २ सय ११ कुन्टल र विष्टज्यूको मन्दिरमा २ सय २६ कुन्टलका पत्थरको मूर्ति पु¥याएको हो । यो तिर्थ स्थल जुम्लाको दक्षिणी भेग जाजरकोट जिल्लाको सिमानामा पर्दछ ।
दुईवटा मुर्तिलाई चार भाग बनाएर उक्त स्थानमा मुर्ति पु¥याएको पूजारी रामेश्वर न्यौपानेले जानकारी दिए । ‘हेलिकोप्टर चालकसहित एक जना प्राविधिक, अर्का पुजारी विष्णुकान्त न्यौपाने र मलगायत पाँच जना विष्टज्यूमा मुर्ति झारेर जुम्ला बजार फिर्ता भएका छौँ,’ उनले भने, ‘हिडेर दुई दिन लाग्ने ठाकुरज्यू र अर्को मन्दिर विष्टज्यूमा पुु¥याइएका मुर्ति अब केही समयपछि गएर सेट गर्छौं ।’ ती दुवै मूर्ति नेपाली मूलका अष्ट्रेलियन मुर्गेन परियारले सहयोग गरेको उनले बताए ।
त्यसैगरी, त्यस स्थानमा मुर्ति लिन कठिन भएपछि गुठिचौर गाउँपालिकासम्म बोकेर ल्याइएको र त्यसपछि मात्र हेलिकोप्टरमार्फत ठाकूरज्यू पु¥याइएको थियो । दुवै मूर्ति कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वाताबरण मन्त्रालयको १० लाख ढुवानी सहयोगमा हेलिकोप्टरमार्फत पु¥याएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख निदेशजंग खत्रीले बताए ।
उनले भने पर्यटन व्यवसायी गो कर्णाली टुर एण्ड ट्रार्भल्स जुम्लाले हेलिकोप्टर मार्फत ढुवानी गरेको हो । जोगिनी दह, पाले दह, शङ्ख दह, हुड्के, भूते दह, विष्टज्यू दह ठाकूरज्यू दहलगायतका सात दह मिलेर बनेको ठाकूरज्यू, विष्टज्यू मन्दिरमा साउन एकादशीदेखि पूर्णिमासम्म पूजा लाग्ने भएकोले धार्मिक दृष्टिकोणले चर्चित मानिन्छ ।