काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानका (कास) रजिष्टार विश्वराज काफ्ले प्रतिस्ठानले अब दैनिक एक हजार जनाको कोरोना परिक्षण गर्ने बताए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका काप्mलेले प्रतिष्ठानका चिकित्सक कर्मचारी रातदिन खटेर भएपनि अब प्रतिष्ठानले दैनिक कम्तीमा एक हजारको कोरोना परिक्षण गर्ने क्षमताको विकास गरेको दावी गरे ।
संवाद डबलीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले प्रतिस्ठान (कास) अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परिक्षण गरेको जानकारी गराए । सरकारले आवश्यक उपकरण जडानको कार्य भइरहेको उल्लेख गरेको रजिष्टार काप्mलेका अनुसार यसअघि प्रतिस्ठानले पहिलो पटक पुलिङ सिस्टमबाट दैनिक ८ सय स्वाब परीक्षण गरेकोमा अब एक हजारको कोरोना परीक्षण गर्ने बताए ।
प्रतिस्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय जनामा कोरोना पोजेटिभ देखएको थियो,” रजिष्टार काप्mले भने, “ संक्रमित ८० जनालाई अस्पतालमै भर्ना गरेर भएपनि उपचार गरेर कोरोनामुक्त गराएर प्रतिष्टानले घर फर्काएको छ ।”
नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कर्णालीका मानिसहरु त्रसित भइरहेको बेला प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोली नै गाउँगाउँमा पठाएर परामर्श गरेको बताउँदै काफ्लेले भने, “नेपालमा कोरोना भाइरसको प्रवेश भइरहँदा कर्णालीका मानिसहरु निकै आतंकित भएका थिए । कोरोना के हो भन्ने नै मानिसहरुलाई थाहा थिएन । त्यो बेला हामीले विज्ञ चिकित्सकसहित टोली पठायौं । मानिसहरु भारतबाट फर्किन थालेपछि झन् डर त्रास फैलिरहेको थियो । हामीले अस्पतालका चिकित्ससहितको टोली गाउँगाउँमा पठाएर काउन्सिलिङ गर्यौं ।”
कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्व तयारी गरेको बताउँदै रजिष्टार काफ्लेले प्रतिष्ठान अस्पतालको आईसियु थप्नुको साथै दुई तला पूरै आइसोलेसनमा परिणत गरेको जानकारी दिए । अस्पतालका सबै कर्मचारी रात दिन खटेर परीक्षण स्वाब संकलन र परीक्षणका काम गरेको बताए । अस्पतालका कर्मचारीहरुले १९–२० घण्टासम्म काम गरिहेको काफ्लेले बताए । प्रतिस्ठान कर्णाली प्रदेशका सबै जिल्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डडेल्धुराको स्वाब पनि परीक्षण गरेको बताए ।
एक अर्को प्रसंगमा काफ्लेले प्रतिस्ठानले एमडी र एमबीबीएस कार्यक्रम सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए । उनले डाक्टर बन्न अब विदेश र शहर पस्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी गर्दै शैक्षिक कार्यक्रममा ४५ प्रतिशत कर्णालीको लागि छुट्याइएको समेत बताए ।