काठमाडौं । आज देशभर विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना रहेको मौशम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपालको दक्षिण तर्फ रहेकोले आज मौशममा बदली हुने बताइएको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज विहान ५ः३० बजे मापन भएको तथ्यांक अनुसार पछिल्लो १ घण्टामा कैलाली र कञ्चनपुर जिल्लामा मध्यमदेखि भारी वर्षा भएकोले त्यस क्षेत्र भएर बहने चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा आकस्मिक रुपमा जल सतह बढ्न सक्ने र डुबान हुनसक्ने होचा क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशका अधिकांश भू–भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।