जनकपुर । आचरण विपरीत काम गरेको भन्दै प्रदेश २ मा विभिन्न तहका २ सय ७५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ।
भारतीय सिमासँग जोडिएको कारण भारतबाट अबैध रुपमा सामानको ओसार पसार हुने लगायत प्रहरीको आचरणविरुद्ध काम गरेका प्रहरी कर्मचारीहरुलाई कारवाही गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआईजी० धिरज प्रताप सिंहले बताए।
आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश २ का विभिन्न कार्यालयमा कार्यरत रहेका प्रहरी प्रहरीको आचरण विरुद्ध काम गरेका २ सय ७५ जनालाई कारवाही गरिएको छ भने ९ सय ८५ जना जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले बताए।
प्रहरीको नैतिक आचरणको विपरीत काम गरेका, आर्थिक प्रलोभनमा तरस्करहरुलाई सघाएका, मादक पदार्थ सेवन गरेर डयुटी गरेका, संगठनप्रति जिम्मेवार नहुनु र कर्तव्य पूरा नगर्नु लगायत अमर्यादित क्रियाकलाप गरेको प्रहरी कर्मचारीलाई कारवाही गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी सिंहले बताए।
उनले भने, ‘प्रहरीको आचरण विरुद्ध काम गरेका कर्मचारीहरुलाई कारवाही गरेका छौ भने राम्रो काम गरेका प्रहरीहरुलाई प्रोत्साहित समेत गरिएको छ ।’
प्रदेश प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त रहेको प्रहरी कारवाहीमा परेका छन्। सिरहामा ५६ जना प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । त्यस्तै यहाँ १ सय २३ जना प्रहरीलाई पुरस्कृत समेत गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका ३५ जनालाई कारवाही गरिएको छ भने १ सय ४१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटमा ३०(३० जनालाई कारवाही गरिएको छ भने धनुषामा १ सय २३ र रौतहटमा १ सय ५७ जनालाई पुरस्कृत गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत २८ लाई कारवाही र ५७ जनालाई पुरस्कृत गरिएको छ।
सप्तरीमा २६ जना कारवाहीमा ३० जना पुरस्कृत भएका छन्। सर्लाहीमा २१ कारवाहीमा १३५ पुरस्कृत, बारामा १५ कारवाहीमा १ सय ५ पुरस्कृत, महोत्तरीमा १३ कारवाहीमा ६८ पुरस्कृत, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरमा ८ लाई कारवाही ७ लाई पुरस्कृत, २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा ७ लाई कारवाही २४ लाई पुरस्कृत, २ नम्बर प्रदेश सशस्त्र प्रदेश प्रहरी गण जनकपुरका ६ जना कारवाहीमा परेका छन् भने २५ जनालाई पुरस्कृत गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कमी आएको छ। आर्थिक वर्ष २०७५(०७६ मा २ सय ८० जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको थियो।