सिमकोट । दुई पदिनदेखि परेको लगातारको वर्षाले जिल्लाको ताँजकोट गाउँपालिका ३ मैलाका तीन दर्जन घरधुरि बिस्थापित भएका छन् ।
वडा नम्बर ३ को रामा गाउँ माथिबाट आएको बाढीसँगैको पहिरो आएपछि छप्रेलामा भएको ताँजकोट गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालय, १० वटा पसल सहित झण्डै २० घर बगाएर लगेको ताँजकोट २ का वडा अध्यक्ष अजमल बुढाले जानकारी दिए ।
'बाढीले सबै घर बगाएर सखाप पार्यो,' वडा अध्यक्ष बुढाले नेपालबोटसँग भने, 'माथिबाट आएको बाढीले दुई विद्यालय, गाउँपालिका कार्यालय, थुप्रै स्थानीयका घर र बाली लगाएको थुप्रै खेत बगाएर लगेको छ ।'
स्थानीय दिपक शाहीका अनुसार आज बिहानैदेखि माथिबाट आएको बाढीले मैलाका सयौ घरपरिवार बिस्थापित भएका छन् । बगाउन बाँकी रहेका घर भित्र पानी पसेर बस्नै नमिल्ने भएको उल्लेख गरेका शाहीका अनुसार अहिले सबै नागरिक घर परको पाखोमा बसेर कराइरहेका छन् ।
गाउँपालिकाको वडा नम्बर तीन र चारमा रहेका सार्वजनिक संस्थाका भवन, सामुदायिक विद्यालयका भवन, वडा कार्यालय समेत भत्काएको ताँजकोट स्थानीय वासिन्दा समेत रहेका सञरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । अध्यक्ष जैसिका अनुसार बाढीले चन्द्रप्रकाश माध्यमिक विद्यालय भदालदिपु, जनप्रकाश आधारभुत विद्यालय काँडागाउँ, रामदेव आधारभुत विद्यालय रामागाउँमा रहेका भवनमा समेत क्षेति गरेको छ ।
यस्तै बढिले उतिसेनि, छप्प्रेला बजार, भदालदिपु, गल्लावाडा, खर्ररा, देउला गैरा , चौतारिवाडा, भियालवाडा, काउला लामगडा, गाउँमा बढी क्षेति पुगेको छ ।
बाढीले गाउँपालिका भरी पुरै बगाएर लगेको गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए । बाढीले गाउँपालिकाको कार्यालयदेखि सबै बगाएर लगेको बताएका अध्यक्ष मल्लले बाढीबाट पिडित नागरिकको उद्धार र राहतका लागि कर्णाली प्रदेश र नेपाल सरकारसँग सहयोगको लागि पहल भैरहेको बताए ।
पहिरोमा परेर घर देखि खेतबारी बिहिन बनेका नागरिकको उद्धार र राहतका लागि स्थानीय सरकारको क्षमताले मात्रै नसक्ने भएकाले प्रदेश र संघीय सरकारले आवश्यक पहल गर्नु पर्ने बताए । शुरु देखि नैं उच्च जोखिममा रहेकाले उक्त वस्तीलाई अन्यत्रै स्थानान्त्रण गर्नु पर्ने अवस्था आएकोले सरकारले तत्काल पहल गर्नुपर्ने उल्लेख गरे ।