खड्क सुनार
मुगु । पछिल्लो समय देशभर कोरोना भाइरसका संक्रमितको संख्यामा बृद्धी हुँदै गएपछि मुगु प्रहरीले तपाईको माक्स खै ? नामक अभियान सञ्चालन गरेको छ ।
हरेक व्यक्तिलाई घर बाहिर निस्कने बित्तिकै माक्स अनिवार्य गर्ने ध्येयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुगुले उक्त अभियान सञ्चालन गरेको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा, नेपाल रेडक्रस सोसाइटि मुगु, बिभिन्न सरकारी तथा गैर सरकारी सघं सस्थाका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकारहरु को संयुक्त अभियानमा सञ्चालन भएको मुगुका प्रहरी नायव उपनिरिक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।
शाहका अनुसार पछिल्लो समय विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को सक्रमणले विश्वनै आक्रान्त भईरहेको अवस्थामा र छिमेकि जिल्ला लगायत नजिकैको खत्याड गाउपालिकामा कोभिड १९ को संक्रमण भएकाले यस बाट बच्नको लागि सदरमुकाम गमगढी बजारमा आईतबार (आज) ५ बजेबाट उत्तः अभियान सञ्चालन गरिएको हो । 'मेरै नेतृत्वमा बजारका साना तथा ठुला पसल, बाटो तथा अन्य सार्वजनिक स्थलमा आवात जावत गर्ने स्सिव्इक्तिलाई भेटेर कोरोना भाईरस सम्बन्धि जानकारी दिने काम गरेका छौं,' प्रहरी नायव उपरिक्षक शाहले नेपालबोटसँग भने, 'अनिवार्य माक्स लागउनु पर्छ भन्ने सबैमा सूचना दिन र कोरोना भाइरसको बढ्दो संक्रमणप्रति सचेत बनाउन पनि मुगु प्रहरीले यो अभियान सञ्चालन गरेको ।'
गृह मन्त्रालयको परिपत्र अनुसार आफुले यो अभियान सञ्चालन गरेको उल्लेख गरेका प्रहरी प्रमुख शाहले अभियानमा जिल्ला प्रहरी कार्यालय मुगुका सुरक्षाकर्मी, जिल्लाका सञ्चारकर्मी, सामाजिक संघसंस्था, जिल्ला स्थितराजनितिक दल लगायतको समेत सहभागिता गराइएको थियो ।
प्रहरीका अनुसार अभियानको पहिलो कार्यक्रम अन्तरगत आज कोरोना भाईरसको सचेतना सम्बन्धी प्लेकार्डहरु र ‘तपाईको मास्क खोई’ भन्ने फ्लेक्स ब्यानर सहितको कार्यक्रम छायानाथ रारा नगरपालिका वडा नं १ स्थित अदालत चोक बाट शुरु भई उक्त एरियाको टोलहरूमा गई बजार तथा भित्री टोलहरूमा ओहोर दोहोर गर्ने सर्वसाधारण व्यक्तिहरुलाई पर्जा पम्प्लेट बितरण गर्नुका साथै ‘तपाईको मास्क खोई ?’ भन्ने फ्लेक्स ब्यानर विभिन्न चोकहरूमा प्रशिक्षण गराईको थियो ।