काठमाडौं । राहत लिएर जाने हेलिकोप्टरको भाडा अभावले दुर्गम हिमाली जिल्ला हुम्लाको ताँजकोटका पहिरो पिडितले चार दिनसम्मा समेत राहत पाएन सकेका छैनन् ।
पहिरो जाने बित्तिकै आश्वाशन दिएका कर्णाली प्रदेश सरकार र नेपाल सरकारले त्यहाँ चार्टर गरेर आउने हेलिकोप्टरको भाडा व्यहोर्न कर्णाली प्रदेश र गृहको खिचातानीका कारण चार बित्दा समेत राहत पुग्न सकेन् ।
गृह मन्त्रालयको विपत व्यवस्थापन कोषकातर्फबाट होलिकोप्टरको व्यवस्था भए केही राहत सामाग्रीसहित आफू पहिरो स्थलमा पुग्ने प्रदेश सरकारका मन्त्रीहरुको योजना थियो तर प्रदेशका मन्त्री हेलिमा जाने भएपछि गृहले हेलिकोप्टरको भाडा व्यहोर्न नसक्ने जनाएपछि ताँजकोटका पहिरो पिडितले राहत पाउन ढिलाई भएको बताइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार कर्णाली प्रदेश सरकारलेहे लिकोप्टरको भाडा नतिर्ने तर नाम जोड्नकै लागि गृहले पठाउने हेलिमा मन्त्रीको लस्कर लाग्ने संकेत देखिएपछि केहि पछि हटेको हो ।
कर्णाली प्रदेश सरकारसँगको समन्वयमा गृहको खर्चमा नेपाली सेनाको हलिकोप्टर आउने र आवश्यक राहत सामाग्री कर्णाली प्रदेश बाट लिएर आउने प्रयास भएपनि कर्णाली प्रदेशबाट मख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी लगायतका पदाधिकारी आउने भएपछि गृहले पठाउने भन्ने हेलिकप्टर रद्ध भएको स्रोतले जनाएको छ । ‘हामीलाई उद्धार तथा राहतमा कुनैपनि व्यक्ती बोकेर लिने अनुमती हुदैन,’ गृह मन्त्रालय केन्द्रिय विपत व्यवस्थापन महाशाखाका एक अधिकारीले नेपालबोटलाई भने, ‘गृहबाट हेलिकोप्टर पठाएपनि त्यसमा प्रदेश सरकारकातर्फबाट मुख्यमन्त्री ज्यू लगायत अन्य मन्त्री ज्यूहरुसमेत जाने भनेपछि नेपाली सेनाको हेलिकोप्टर पठाउन अलिक असहज भएको हो ।’
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा प्रतिनिधिसभाका सभामुखसहित उच्च पदस्थ अधिकारीहरु जाँदा पिडितहरुलाई राहत सामाग्री लिन नसकेको भन्दै चौतर्फि बिरोध आएपछि गृह मन्त्रालय प्रदेश सरकारका पदाधिकारीलाई लिएर जान आनाकानी गरेको ति अधिकारीले बताए । प्रदेशबाट मन्त्रीहरुको टोली जाने संकेतदेखेपछि नेपाली सेनाको हेलिर्कोप्टरको उठान आवर सकिएको भन्ने बहाना गरेर अनिच्छा देखाएको स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाबाट राहत सामाग्रीसहित हेलिकोप्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई पत्राचार गरेको भएपनि प्रदेशबाट हेलिकोप्टरको भाडा नब्यहोर्ने तर त्यसमा प्रदेश सरकारका मन्त्री जाने भएकाले पनि सार्वजनिक रुपमा आलोचना हुने भएकाले पनि गृहले हेलिकोप्टर नपठाएको हो ।
पहिरो पिडितको गुनाशो, ‘आश्वाशन आयो राहत आएन’
सिमकोट । माथिबाट आएको पहिरोले घरबार बिहिन भई पालमा वास भएको तीन दिन बित्दा समेत कतैबाट राहत नपाएका ताँजकोट गाउँपालिकाका पहिरो पिडितले गुनासो गरेका छन् ।
पहिरोले सयौका घरमा क्षती पुगेर करोडौको क्षती भएपनि सरकारको ध्यान नगएको उल्लेख गरेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता शिवराज शर्माले मान्छे मरेपछि मात्रै पुग्ने सरकारी नीतिले पहिरो पिडित नागरिकको मर्म बुभ्mन नसकेको बताए । ताँजकोट २ का स्थानीय वासिन्दा भएका नेता शर्माले वर्षेझरीमा खुला चौरको वास भएको चार बित्दा समेत कतैबाट प्लाष्टिक पालको समेत व्यवस्था नहुनु निकै दुःखत भएको उल्लेख गरे ।
‘पहिरोले तत्कालै कसैको ज्यान गएको भए मलामी हुन पुग्ने सरकार करोडौंको क्षती भएर सयौ नागरिकको खुला चौरको वास हुञ्जेलसम्म कोही नआएको गुनासो स्थानीय ताँजकोट २ का वडा अध्यक्ष अजमल बुढाले बताए । पहिरोले घरमा भएको अन्नपातदेखि सबै सामान छोप्यो,’ अध्यक्ष बुढाले नेपालबोटसँग भने, ‘खेतबारीमा लगाएको अन्नपात समेत सबै बगर बनायो बस्ने र खाने केही छैन्, खुला आकासको वास भएको छ । तरपनि ठूला कुरा गर्ने सरकारले अहिलेसम्म आप्mनो दुःख देखेनन् ।’
पहिरो जाने बित्तिकै प्रदेश सरकार र संघीय सरकारकातर्फबाट निकै ठूलो आश्वाशन आएपनि चार दिन बित्दापनि राहत उद्धारका लागि कसैको ठोस पहल नभएको गुनाशो पहिरो पिडित दिपक शाहीको छ । शनिबार गएको पहिरो लगत्तै हेलिकोप्टर ल्याएर राहत ल्याउने र अन्य अवस्था बुभ्mन कर्णाली प्रदेश सरकार र केन्द्रीय सरकारका मन्त्री र प्रतिनिधि आउने भनेर दिएको आश्वाशन चार दिनसम्म पुरा नभएको बताएका शाहीले ताँजकोट २ र ३ का वस्तीलाई तत्कालै स्थानान्तरणको पहल गर्दै स्थानीयवासिन्दालाई गाँस र वासको व्यवस्थाका लागि पहल गर्नुपर्ने बताए ।
लामो समयदेखि हामीले हाम्रो वस्ती निकै जोखिममा थियो भनेर प्रदेश र केन्द्रका सरकारका प्रतिनिधि र नेताहरुलाई आग्रह गर्दा समेत खासै सुनुवाई नभएको उल्लेख गरेकी ताँजकोट गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाले अविरल वर्षाले ताँजकोटका अधिकांश वस्ती उच्च जोखिममा परेकाले तत्कालै वस्ती सार्नतर्फ प्रदेश र नेपाल सरकारले विषेश पहल गर्नु पर्ने माग गरिन् ।