काठमाडौं। देशका अधिकांश भू-भागमा सामान्य बदली भई वर्षाको संभावना रहेको छ ।
आज बिहानैदेखि कर्णाली रसुदूरपश्चिमका अधिकांश भूभागमा निरन्तर वर्षा भैरहेको जनाएको मौशमपुर्वानुमान महाशाखाका अनुसार दिनभर नैं यि प्रदेशमा भारी वर्षाको संभावना रहेको छ ।
महाशाखाका वरिष्ठ मौश्मविद् बरुण पौडेलका अनुसार कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, जुम्ला, मुगु, रुकुमपश्चिम लागायतका क्षेत्र र सुदूरपश्चिम क्षेत्रको कञ्चनपुर, डडेलधुरा, डोटी, कैलाली, बर्दिया, अछाम, धेरै वर्षा भएको र आज दिनभर भारी वर्षाको संभावना छ ।
आगामी २४ घण्टा बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
उक्त स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
हाल नेपालको दक्षिणतर्फ मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) अवस्थित रहनुका साथै देशभरको मौसममा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।