हस्त बुढा
जुम्ला । जिल्लाको हिमा गाउँपालिकामा ५६ जनामा कोराना पोजेटिभ देखिएको छ ।
हिमा गाउँपालिका ५१ जना र नाग्म बजारका ५ जना व्यापारी गरी ५६ जनामा कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए ।
हिमा गाउँपालिकाका १ सय ३३ जनाको स्वाब संकलन गरिएकोमा गाउँपालिकाका कर्मचारी सहित ५१ जना र नाग्म बजारका ५ जना व्यापारी गरी ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
गाउँपालिकाका १ देखि ७ वडामा कोरोना संक्रमण फैलिएको आसंका गरिएको छ । अघिल्लो पटक हिमामा ८६ जनाको स्वाब संकलन गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । अहिले १ सय ३३ जनाको स्वाब परिक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजेटिभ आउनुले समुदायमै कोरोना पुगेको समेत पृष्टी भएको सहायक प्रजिअ देवकोटाले बताए ।
स्वाब परिक्षण गराउने १ सय ३३ जनामा १० जना पत्रकार पनि रहेका थिए । पिसिआर परिक्षण गराएका १० जनै पत्रकारको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारि दिए । अघिल्लो पटक हिमा गाउँपालिकाका ८ र नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्यााक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
जुम्लामा यति धेरै संक्रमित देखिएको पहिलो पटक हो । जुम्लाको चन्दननाथ नगरपालिकासहित सातवटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । गत शुक्रबारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मको लागि गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
आबश्यक जनशक्ति प्रतिष्ठानले व्यवस्थापन गर्ने र आईसोलेसन खर्च पालिकाले व्यहोर्ने हिमाका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण देखिएका मानिसहरुको यात्रा विवरण र उनीहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआरको दायरा बढाउने तयारी छ ।
जुम्लाका आठै स्थानीयतहलाई पुर्ण रुपमा सिल गरिएको छ । भने, अहिले सम्म जुम्लामा कोरोना संक्रमतिको संख्या ७२ पुगेको छ ।