काठमाडौँ । कोरोना भाइरस क(कोभिड १९) का संक्रमितको संख्या तीस हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ३८ जनामा कोरोना पोजेटिभ पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ।
नियमित जानकारी दिने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व्र गौतमका अनुसार आज (शुक्रबार) इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५, सुनसरीमा २९, धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४, सिराहामा १६, चितवनका २३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, मकवानपुरमा ३२, सिन्धुलीमा ८ र कास्कीमा १ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै नवलपरासीमा १९, बागलुङमा ३, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७, रोल्पामा १, कालिकोटमा १, पर्वतमा १, मनाङमा २, जुम्लामा ५३, दैलेखमा १, रुकुममा ३, अछाममा ३८, कञ्चनपुरमा १४, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ।