सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेका बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री वितरण गरेका छन् ।
कर्णाली प्रदेश सरकारको तर्फबाट अर्थ मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले बाढीपहिरो पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
गत भदौ २ गते राति १ आएको बाढीपहिरोले यहाँका केही परिवार घरवार बिहिन भएका छन् । सोमबार बाढीपहिरोले क्षती भएको क्षेत्र नजिकै पुगेर ज्वाला र शर्माले बाढीपहिरो पीडितको लागी राहत सामाग्री बनगाड कुपिण्डे नगरपालिका ४ का वडाअध्यक्ष मोमत रोकालाई हस्तान्तरण गरेका हुन् । राहत लिएर गर्चेपुग्ने भनेर हिडेका मन्त्री ज्वाला र सल्लाहकार शर्मा वर्षाका कारण सडक अवरुद्ध हुदा ५ न वडा कार्यालयमा च्युरामा पुगेर पीडित परिवारलाई भेट्नुको साथै जनताको दुख सुखमा सधै नेता तपाईहरुको साथमा र प्रदेश सरकार तपाईहरुको घरदैलोमा नै रहेको मन्त्री ज्वालाले बताए ।
कोरोना भाइरस, सलह किराले आक्रान्त बनाएको अबस्थामा फेरी बाढीपहिरोले झन् समस्या थपिदिएको बताउदैँ मन्त्री ज्वालाले पिडित परिवारका समस्या बुझ्न र पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्न आफु बनगाड आएको बताए । घर बिहिनलाई प्रदेश सरकारले ३ महिना सम्म खानाको व्यवस्था गर्ने उनले बताए ।
अविरल वर्षाका कारण बनगाड खोलामा रहेका खेतीयोग्य जमिन पुरै क्षेद विक्षेद बनाएले आफुले तत्कालको तटबन्धको व्यवस्था गर्न सम्बन्धि कार्यालयलाई निर्देशन दिइसकेको उहाले बताए । वास्तविक क्षेती भएको स्थानीय सरकार, प्रशासन कार्यालयको सिफारिस भएर आएमा प्रदेश सरकारले तत्काल १ लाख रुपैया समेत दिने उहाले बताउनु भएको छ । तटबन्धको लागि गुरुयोजना बनाएर अगाडि बढने समेत उनले जानकारी दिए ।
सो अबशरमा प्रदेश सरकारका तर्फबाट मन्त्री ज्वाला र मूख्यमन्त्रीका राजनितिक सल्लाहकार शर्माले ४ वडा अध्यक्ष मोमत रोका त्रिपाल, कम्बल, म्याट, झुल लगाएतका सामाग्री हस्तान्तरण गरेको छ ।
साथै सल्ली चौरजाहारी सडक स्तर वृद्धिको लागि १६ करोड बजेट छुट्याएको र अझै आवश्यक पर्ने थप बजेटको लागि आफुले पहल गर्ने मन्त्री ज्वालाले जानकारी दिए ।