खड्क सुनार
मुगु । सोमवार जिल्लाको एक युवकमा कोरोना संक्रमण पोजेटिभ भेटिए पछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले निशेषधा जारी गरे पछि गमगढी बजार सुनसानमा रहेको छ ।
निषेधाज्ञा जारी गरेको पहिलो दिन गमगढी बजारलगायत नगरका विभिन्न स्थानमा सुनसान देखिएका छन । गमगढी बजारका मुख्य स्थान कृष्ण चोक, मिलन चोक, माथिल्लो बजार, तल्लो बजार, लगायत न्युरोड बजार यति बेला सुनसान अवस्थामा रहेका छन् । बुधवार रात्ती १२ बजेदेखि लागु हुने गरी एक साता सम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
त्यो सँगै मंगवार महाकालि माद्यमिक विद्यालयमा २ सय ५० जनामा आरडिटि परिक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको थियो । जिल्लामा कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन द्धारा निषेधाज्ञाको घोषणा गरिएको छ ।
छायानाथ रारा नगरपालिकाका मुख्य नाका बाट प्रवेश गर्ने गर्ने बुलबुले, रारा, आँसिधारा र लुम्स नाकाहरुमा अन्तर पालिका तथा अन्तर जिल्लाबाट आवत जावतमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।
जिल्ला अस्पताल मुगु बाट ६२ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिषण अस्पताल जुम्लामा परिक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ भेटिए पछि गमगढी बजार निशेषधा जारी गरिएको प्रजिअ निरौलाले बताए ।
प्रशासनले कोरोनाको जोखिम बढेकोले सर्तक रहन आग्रह समेत गरेको छ । कुनै किसिमको भिडभाड, मेला,महोत्सव, नारा ,जुलुस नगर्न जारी सुचनामा उल्लेख गरिएको छ ।
घरबाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रशासनले सबैमा अपिल गरेको छ ।