कार्तिक ७, श्रीनगर (हुम्ला) । एक शताब्दी पछि मुगुको गुरा हुम्लाको अदानचुली स्थित मदान डाँडामा पुगेको छ ।
मुगुका करिब २ हजार जना तिर्थालु सहत गुरा तिन दिन लामो धार्मिक यात्राका लागि हुम्लाको अदानचुली पुगेको हो ।
मुगु जिल्लाको निकै चर्चित देवताका रुपमा मानिने गुरा लामो समयपछि हुम्ला आउँदा यहाँको वातावरण निकै उत्सुकपुर्ण बनेको छ । मुगुको गुरा र हुम्लाको मदानो देवता बिच एक आपसमा भेट गर्न नहुने भन्दै परम्परागत रुपदेखि मान्दै आएपछि लामो समय पछि यो वर्ष हुम्ला पुगेको मुगुका पुर्व संविधानसभा सदस्य नवराज धामीले जानकारी दिए ।
किन एक आपसमा विवाद छ गुरा र मदानो बिच ?
पौरणीक मान्यता अनुशार सत्य युगमा मदना देवताकी श्रीमती भवानी (हाल मुगुको भिई स्थित काटिगाउँमा छन्) लाई मुगुको गुराले विवाह गरेर लगेपछि लडाई पर्दा अहिलेसम्म एक आपसमा देखादेख नहुने मान्यता रहँदै आएको मुगुका स्थानीयलाई उदृत गर्दै पुर्वसभासद नवराज धामीले नेपालबोटसँग बताए ।
गुरा देवताले आप्mनी श्रीमती लिएपछि निकै रिस्सीएका मदानो देवताले गुरासँग सत्य युगमै भिषण लडाई गरेको आफूलाई आप्mना हजुरवुवाले जानकारी दिएको अदानचुली २ निवाशी ९० वर्षिय धर्मसिहं भण्डारीले जानकारी दिए ।
आप्mन् िबााँध (श्रीमती) लिएको रिसमा हुम्लाको मदानो र मुगुको गुरा बिच ठूलो लडाई भएछ । भण्डारीले नेपालबोटसँग भने, “लडाईमा मदानो देवताको खुट्टा भाँच्चीएछ भने गुराको हात भाँच्चीएछ ।” जुनवेला देखि अहिलेसम्म नाच देखाउने वेला मदानोले खुट्टा टेक्न सक्दैन भने मुगुको गुराले आप्mना डमरु र अन्य घण्ट समातेर हात कुम भन्दा माथी लिन सक्दैन् । जुन अहिलेपनि हुम्लाको अदानचुली र मुगुको भिईमा देख्न सकिन्छ
त्यत्रो लडाई भएपछि मुगु र हुम्लाका अन्य देवताहरुको रोहवरमा गुराले बाँध (श्रीमती) लिए वापत मदानोलाई हुम्लाको अदानचुली स्थित नाच्ने डाँडो दिएको देवताको कठायतको भुमिकामा रहेका साविकको श्रीनगरका पुर्वगाविस अध्यक्ष दिपबहादुर महताराले बताए ।
गुरा र मदानो बिच जारी तिर्ने लिने काम भएदेखि नै भेटघाट नभएको बताएका महताराका अनुशार त्यस यता मुगुको गुरा र हुम्लाको मदानो बिच भेट भएको छैन् भन्ने भनाई छ । सोही मान्यता अनुशार हुम्ला नआएको गुरा एक शताब्दी पछि बुधाबार आज हुम्लाको उक्त डाँडा आएको हो ।
परम्परा तोडिदै गुराले हालेको लुङ्गो फालिएन
आप्mनो पुरानो नाच्ने स्थानमा लुकेर मुगुको गुरा गएर काठको लुङ्गो (लिङ्गो) गाड्ने प्रचलन छ ।
लुकेर आएको गुराले गाडेको काठको लिङ्गो गाडेकै दिन हुम्लाको मदानो देवताले फाल्ने पौरणीक प्रचलन हो तर उक्त प्रचलन शताब्दी पछि आएर तोडिएको छ । शताब्दी पछि हुम्ला आएको मुगुको गुराले बुधबार आज हुम्लाको अदानचुली स्थित नाच्नेडाँडामा गाडेको काठको लिङ्गो मदानोले नफालेपछि पौराणीक परम्परात समयानुकुल तोडिएको प्रतिक्रिया स्थानीयले दिएका छन् ।
कोजाग्रत पूर्णीमाको दिन दिउसो आएर मुगुको गुराले लिङ्गो गाड्ने त्यसको लगत्तै हुम्लाको मदानोले गएर फाल्ने अनी आप्mनो लिङ्गो गाड्ने प्रचालन रहेको बताएका वृद्ध धर्मसिहं भण्डारीले दुई देवताको संस्कार मान्ने नाममा अन्य विवदा हुने डरले उक्त परम्परा तोडिएको हुनसक्ने बताए ।
पछिल्लो समय युवाहरुमा मदिारा सेवन गरेर आउने व्यक्तीका कारण देवताका नाममा दुई जिल्ला बिचको सद्भाव कायम गर्न यो वर्ष पुरानो परम्परालाई समयानुकुल परिर्वतन गरेको हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।