मुगु । सदरमुकाम गमगढी बजारमा एक साता सम्मको लागिपुन लकडाउन लम्बिएको छ ।
मंगलवार (हिजों बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को छलफलले यस्तो निर्णय गरेको हो ।
गएको भदौ ९ गते सदरमुकाम गमगढी बजारमा लकडाउ गर्ने निर्णय डिसिसिएमसीले गर्ने निर्णय गरेको थियो ।
यसपटक मंगलवार बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिन नदिन पुनः एक सातासम्म लकडाउन थप गर्ने निर्णय भएको डिसिसिएमसिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो ।
प्रजिअ निरौलाकाअनुसार बैठकले एम्बुलेन्स अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षानिकायले, प्रयोग गर्ने सवारी साधन बाहेकका सबै प्रकारका निजि सवारी साधन, सञ्चालनमा जिल्ला भित्र आवातजावतमा रोक लगाउने निर्णय गरिएको छ ।
सदरमुकाम गमगडी बजारलगायत जिल्लाका अन्इ सबै स्थानीय तहका मुख्य केन्द्रहरुमा नेपाल सरकारले रोक लगाईएका होटल, पसलहरु पुर्ण रुपमा बन्द गर्ने, औषधी पसलहरुलाई भने नियमित खुला गर्ने र अन्य पसल दिउँसो १ बजेदेखि साँझ ६ बजे सम्ममात्र खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
उनकाअनुसार रात्रिकालिन आवतजावतमा पुर्ण रुपमा रोक लगाउने, पिसिआर गराई विमानमार्फत वा अन्य सवारी साधन वा पैदल आएका यात्रुहरुलाई सम्बन्धित स्थानीयतहले १४ दिन सम्म क्वारेन्टिनमा अनिवार्य राख्ने व्यवस्था मिलाउनु पर्ने बताए ।
भाद्र महिनाभित्र स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहहरु सँग समन्वय गरेर समुदाय स्तरसम्म पिसिआर परिक्षणको दायरा बढाउने जनाएको छ । कार्यालयका अनुसार
बालवालिका, दिर्घ रोगी, ज्येष्ठ नागरिकलाई संक्रमणको प्रभाव छिटो पर्नसक्ने हुँदा त्यस्ता व्यक्तिहरुलाई सुरक्षित साथ राख्न आग्रह गर्नु भएको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, र मुगुमकार्मारोङ्ग गाउँपालिकालाई एम्बुलेन्स खरिद प्रक्रिया तत्कालअघि बढाउन पहल गरिने र ४ वटै स्थानीयतहलाई कम्तीमा ५० बेडको प्रारम्भिक आइसोलेसन तयार गर्ने बारेमा निर्णय भएको छ ।