काठमाडौँ । कोरोना भाइरसको संक्रमणको डरले स्थानीय प्रशासनले देशभरका ३४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयका अनुसार ७७ वटा जिल्ला भएको हुम्लामा हाल ३४ जिल्लामा पूर्ण निषेधाज्ञा छ ।
मन्त्रालयका अनुसार सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, धनकुटा, चितवन, दोलखा र सिन्धुपाल्चोकमा निषेधाज्ञा लागु भइरहेको छ।
यसैगरि सिराहा, मोरङ, रामेछाप, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, कैलाली प्युठान, दैलेख, कन्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलबस्तु, डोल्पा, डोटी र दाङमा पनि पूर्ण निषेधाज्ञा छ।
यसैगरि आंशिक निषेधाज्ञा रहेका जिल्लाको संख्या ९ रहेको छ। नुवाकोट, झापा, जुम्ला, मकवानपुर, धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र बझाङमा आंशिका निषेधाज्ञा छ।