सिमकोट । चर्चित अन्तरािष्ट्रय चलचित्र अवार्ड ओस्कारकाट सम्मानित नेपाली चलचित्र कालो पोथीका निर्देशक मिनबहादुर भामले कर्णालीमै अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।
आइतबार हुम्ला सदरमुकाम सिमकोटमा प्रयत्न नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा निर्देशक भावले उक्त घोषणा गरे ।
नयाँ चलचित्रको सामुदायिक अध्ययनका लागि हिमाली जिल्ला हुम्ला पुगेका निर्देशक भामले आफूले निर्माण गर्ने नयाँ चलचित्रको विषयवस्तु हिमाली क्षेत्रका लामा समुदायमा प्रचलित बहूपतिप्रथामा आधारित हुने बताए ।
“तिब्बतीयन कल्चर र त्यसमा भएको बहूपतिप्रथाको भित्रि पाटोलाई लिएर मैले अबको चलचित्र हुम्लामै नर्माण गर्ने योजना बनाएको छु,” भामले भने, “यसका लागि भौगोलिक विकटता तथा अन्य विभिन्न बठिनाई सँग जुध्न महलाई हुम्लाका सबै पक्षको सहयोग आवश्यक छ ।”
चलचित्र छायांकनको लागि हुम्लाको लिमिलगायतका क्षेत्र निकै उयुक्त भएको उल्लेख गरेका भामले आफूले लिलिको भूगोलको स्थलगत अध्ययन गरेको बताए । जिल्लाका अन्य तीन क्षेत्रको भ्रमण पश्चात चलचित्रको बारेमा अन्तिम निर्णय हुने जनाएका भामले नयाँ चलचित्रको छायांकन आउने नोभेम्बरबाट शुरु गर्ने जानकारी दिए ।
सांसदले भने, “नयाँ चलचित्रमा हाम्रो सहयोग हुन्छ”
जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले भामले निर्माण गर्न लागेको नयाँ चलचित्रको निर्माणका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले छायांकन तथा कर्णालीको मुगु र समग्र नेपालकै शिर उचो पार्ने गरेर निर्माण भएको कालो पोथी निर्माूण गरेका निर्देशक भावले हुम्लामा छायांकन गर्न लागेको अबको चलचित्रका लागि आफूले सबै प्रकारको सहयोग गर्ने बताए । “लामा समुदायको विषयवस्तुमा आधारित चलचित्रको विषयवस्तु र कुनै प्रकारको कामका लागि मेरो सहयोग निरन्तर हुन्छ,” लामाले भने, “यसले शंशारमा हुम्लाको पहिचान थप्नेमा मैले ठूलो विश्वाश लिएको छु ।”
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षदलका नेता जीवनबहादुर शाहीले चलचित्र निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए । लगानी र आवत जावतमा हुम्ला कठिानाई भएपनि कथावस्तु र भूगोल हुम्लाको जस्तो अन्यत्र कतै नभएकाले भामको नयाँ चलचित्र हुम्लामा छायांकन गर्दा निकै राम्रो हुने जानकारी दिए ।
मुगु जिल्लाको रारा क्षेत्रमा छायांकन गरिएको चलचित्र कालोपोथी मार्फत नेपालको शिर उचो बनाउने निर्देशक भामले नेपालको इज्जत जोगाएको धन्यवाद दिए ।
सिमकोटको बीजया होटेलमा आयोजना गरिएको कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, नेपाली कांग्रेसका सचिव मोहनविक्रम सिंह, सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, मानसरोवर बहुमूखि क्याम्पसका प्रमूख वसन्त रोकाया, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य नवराज महतारालगायतका जिल्लाका अगुवाहरुले हुम्लामा छायांकनको योजना बनाइरहेको निर्देशक भामको चलचित्रलाई आप्mनो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।