काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका २, खोटाङका १, झापाका ११, पाँचथरका ४, भोजपुरका ३, मोरङका १६, संखुवासभाका २२, सुनसरीका २३, धनुषाका २७, पर्साका ११, बाराका १७, रौतहटका २, सप्तरीका ३५, सर्लाहीका ४२, सिराहाका १, काठमाडौँका ४९५, काभ्रेका ३६, चितवनका १८, दोलखाका ३, धादिङका ३, नुवाकोटका १, भक्तपुरका ३४, मकवानपुरका ३५, रामेछापका २, ललितपुरका ४३, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका २१, गोर्खाका १, तनहुँका ५, नवलपरासीपुर्वका ८, पर्वतका २, लमजुङका १, बागलुङका ९, स्याङजाका १२, कपिलवस्तुका ४४, गुल्मीका ७, दाङका ४, नवलपरासीका ३७, पाल्पाका २९, बर्दियाका १०, बाँकेका ७०, रुपन्देहीका ५१, रोल्पाका १, रुकुमपश्चिमका ६, सल्यानका ६, सुर्खेतका ५, कैलालीका २१, डोटीका १, बाजुराका १, तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ८१८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ। हाल ५ हजार ८०६ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १६५ जनाको आईसीयुमा र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।