सिमकोट । जिल्लाको ताँजकोट गाउँपालिकाका पहिरो पिडितहरुलाई एलिस ग्रुपले राहत वितरण गरेको छ ।
पािहरोले घरबार बिहिन भई खुला आकासमा बसेका नागरिकहरुलाई व्यापारिक समुह एलिसले राहत स्वरुप चामल रखाने तेल सहयोग गरेको हो ।
पहिरो प्रभावित ताँजकोटको मैलामा आयोजना गरिएको राह वितरण कार्यक्रममा एलिसले प्रदान गरेको खाद्यन्न सामाग्री नेपाल कम्युनिस्ट पार्टीका ताँजकोट गाउँपालिका अध्यक्ष गोपाल लामाले हस्तान्तरण गरे ।
पालिकाको वडा नम्बर एक देखि पाँचसम्मका पहिरो पिडितहरुलाई ३५० बोरा चामल, २३० लिटर तेल वितरण गरिएको एलिस ग्रुपका गोपाल चन्द्र लामा (छिरिङ) ले जानकारी दिए ।
'पहिरोले क्षती गरेको घरधुरीका आधारमा राहत वितरण गरिएको छ,' नेकपा ताँजकोटका अध्यक्ष गोपाल बुढाले भने, 'वडा नम्बर १ का पहिरो प्रभावितहरुका लागि ४० बोरा चामल र ४० लिटर खाने तेल, वडा नम्बर २ मा ७५ बोरा चामल र ४५ लिटर तेल, वडा नम्बर ३ मा ११० बोरा चामल र ६० लिटर तेल वितरण गरिएको छ ।'
पहिरोले गरेको क्षतीका आधारमा वडा नम्बर ४ मा ८० बोरा चामल र ४५ लिटर तेल, वडा नम्बर ५ मा ४५ बोरा चामल र ४० लिटर तेल वितरण गरिएको बुढाले जानकारी दिए ।
आज वितरण गरिएको राहतमध्ये २३० बोरा चामल र २३० लिटर खाने तेल एलिस ग्रुप र १२० बोरा चामल ठिन्ले लामाले सहयोग गरेको जनाइएको छ ।
गएको साउन ३१ गते र अन्य विभिन्न मितिमा वर्षासँगैको पहिरोले ताँजकोटमा सय भन्दा बढी घरधुरी घरबार बिहिन भएर पलामा बसेका छन् भने अन्य सयौ घरधुरी प्रभावित भएको ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।
कोरोना भाइरस ९कोभिड १९० को संक्रमणले सरकारले लकडाउन (बन्दाबन्दी) लगाएको वेला काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा अलपत्र परेको हुम्ला र देश अन्य विभिन्न जिल्लाका नागरिकहरुलाई एलिस समुहले उद्धार तथा राहत सहयोग गरेको थियो ।