कार्तिक ११, सिमकोट (हुम्ला) । स्थानीय स्तरमा आप्mनो उपस्थिती बलियो बनाउँदै शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीले सामुदायिक साझेदारी कार्यक्रम शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यलय हुम्लाले समुदाय प्रहरी साझेदारी सञ्चालन गरेपछि यो प्रावकारी बन्दै गएपछि यो कार्यक्रमलाई हरेक स्थानीय तहमा बिस्तार गर्न यो कार्यक्रम शुरु गरेको हो ।
स्थानिय नागरिक, जनप्रतिनीधि, विद्यार्थी, संघ संस्था र प्रहरी विच समन्वय गरी समाजमा हुने अपराध न्युनिकरण गर्न समुदाय प्रहरीको अवधारणा प्रभावकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमूख तथा प्रहरी नायव उपरिक्षक रविनकुमार श्रेष्ठले बताए ।
शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने ध्येयले नेपाल प्रहरीले सञ्चालन गरेको सामुदायिक प्रहरीलार्य थप व्यवस्थित बनाउँदै आइतबार (आज) बाट देशव्यापी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको प्रहरी प्रमूख श्रेष्ठले नेपालबोटलाई जानकारी दिदैं भने, “संघ, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ यो कार्यक्रम सञ्चालन गरिएको छ ।”
‘हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम देशका सबै टोल र वस्तीमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यस कार्यक्रमले समाजमा हुने सबै प्रकारका अपराध नियन्त्रणमा ठूलो योगदान हुने दावी गरेको प्रहरीले गृहमन्त्रालयले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानिय तह समन्वय शाखासँगको समन्वयमा तयार पारेको कार्ययोजना अनुसार कार्यक्रम सञ्चालन गरेको दावी गरेको छ ।
नेपाल प्रहरीले जनता र प्रहरी बिचको सम्बन्ध थप सुदृढ गराउन र प्रहरीमाथिको आमबुझाईलाई परिवर्तन गर्नपनि यो कार्यक्रम अघि सारिएको हो । अभियान राम्रो भएका बताएका सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले नेपाल प्रहरीले मात्र आँट गरेर अभियान सफल नहुने प्रतिक्रिया दिदैं संघ, प्रदेश तह स्थानिय तह देखि वडापालिकासँग समेत परामर्शका आधारमा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
सुरक्षा विकासको पहिलो पुर्वसर्त भएको दावी गरेका हुम्लाका प्रमूख जिल्ला अधिकारी माधव प्रसाद ढुंगनाले विगतका दिन देखि नै प्रहरीको अर्जुन दृष्टि बर्दि सहितको नागरिक भएर सामाजिक शुसान र शान्ति सुरक्षा कायम गर्ने बताए ।सामुदायिक प्रहरी र सामुदायिक सेवा केन्द्र पहिला देखि स्थापना भएता पनि देशको नयाँ संरचनाले प्रदेश र स्थानिय तहमा समेत आप्mनो उपस्थितीलाई बलियो बनाउन सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अघि सारेको हुम्ला प्रहरी कार्यालयले जनाएको छ ।