सुर्खेत । प्रेस काउन्सील नेपालको ५१ औं स्थापना दिवशको अवसरमा कर्णाली प्रदेशक तीन पत्रकार आज पुरस्कृत हुदैंछन् ।
आज राष्ट्रपति कार्यालय सितलनिवाशमा आयोजना हुने विषेश कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरा, जागरण एफएम सुर्खेतका स्टेशन म्यानेजर दिपेन्द्र वली र कर्णाली प्रदेश संसदीय मामिला पत्रकार समाजका अध्यक्ष सेरहादुर थापा पुरस्कृत हुने भएका हुन् ।
काउन्सीले हरेक वर्ष प्रदान गरिने पुरस्कार मध्ये दोस्रो ठूलो राशीको प्रेस काउन्सील सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट महासंघ हुम्ला शाखाका अध्यक्ष बोहरा पुरस्कृत हुने भएका छन् । उनले एक लाख दश हजार नगद र सम्मान–पत्र प्राप्त गर्ने भएका छन् । यसैगरी वली र थापाले प्रेस काउन्सील यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । वली र थापाले दश हजार नगद र प्रशंसा–पत्र प्राप्त गर्ने भएका छन् ।
बोहराले प्राप्त गरेको पुरस्कार कर्णाली प्रदेशमा पहिलो भएको प्रेस काउन्सीलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।
तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धको युद्ध पत्रकारिता देखि हुम्ला सदरमुकाम सिमकोटमा रहेको रेडियो कर्णाल आवाजको स्थापना कालदेखि नैं काम गर्दै आएका बोहराले गरेको योगदानको कदर गर्दै काउन्सीलले पुरस्कार प्रदान गरेको प्रेस काउन्सील नेपालले जनाएको छ ।
एक वर्ष अघि रिर्पोटीङका क्रममा नाम्खा गउँपालिकाको याल्वाङ बाट फर्किने क्रममा अचानक पक्षघत भएपश्चत लामो समय बिरामी भई मृत्युसँग जितेका बोहरालाई प्रोत्साहित गर्न उत्तः पुरस्कार प्रदान गरिएको नकाउन्सीलका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
२०३८ साल वैशाख १७ गते तत्कालिन ठेहे गाविसको २ नम्बर वडामा जन्मीएर युद्धकालिन पत्रकारिता देखि मुलधारको पत्रकारितामा संलग्न रहेर पुर्याएको योगदान स्वरुप बोहराले उक्त पु्स्कार प्राप्त गर्न सफल भएको प्रेस काउन्सील नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । आज बसेको काउन्सीलको बैटठकले दुर्गम क्षेत्रमा रहेर मुलधारको पत्रकारिताको वृती र विकासमा पु¥याएको योगदान गर्दै गर्दा गएको वर्ष पक्षघातबाट पिडित भएका बोहरालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको काउन्सीलका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।