सिमकोट । मुगुसँग जोडिएको नेपाल र चीन सीमाना छुट्टाउने १३ नम्बर सीमा स्तम्भको स्थलगत निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीसहितको एक टोली त्यसतर्फ गएको छ ।
नेपाली र चीन बीचको सिमाना जोडिएको हुम्लाका जिल्लाको नाम्खा गाउँपालिका ६ लिमि भ्यालीको लाप्चामा रहको ११ नम्बर सिमा स्थम्भ हराएका खबर सार्वजनिक भएपछि १३ नम्बर पिल्लर खोजी गर्न टोली त्यसतर्फ गएको हो ।
टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवाली, मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा, शसस्त्र प्रहरी, नेपाल प्रहरीका प्रतिनिधिसहित १४ जना छन ।
टोलीले सीमा क्षेत्रको अवस्था कुझ्ने र आवश्इक परे चीनियाँ पक्षसँग परामर्श गर्ने मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए । 'हुम्लामा भएका सिमा स्थम्भका बारेमा अनेक समाचार बाहिर आएपछि हामीले पनि हाम्रो सिमा क्षेत्रका बारेमा अवस्था बुझ्न सुरक्षा अधिकारीको टोलीलाई नियमित कार्यक्रमकै रुपमा पठाएका छौं,' प्रजिअ निरौलाले भने, 'टोलीले सिमा क्षेत्रको शान्ति सुरक्षाको अवस्था र सिमा स्थलम्भको पछिल्लो अवस्थाका बारेमा स्थलगत रिर्पोट ल्याएर आउने छ ।'
मुगु सदरमुकाम गमगढीबाट ४ दिनको पैदल दुरीमा रहेको नाक्चे लाग्नामा स्थापना गरिएको सिमा स्थम्भमा पुग्ने सुरक्षा अधिकारीको टोलीले सशस्त्र प्रहरी वलको विओपी स्थापना गर्न स्थानीय परिवेशको समेत अध्ययन गर्ने बताइएको छ । विओपी स्थापनाका लागि आवश्यक पर्ने जग्गा र स्थानको अध्ययन गर्ने जिम्मेवारी समेत उक्त टोलीलाई दिइएको प्रजिअ निरौलाले जानकारी दिए ।
हरेक वर्षको एक पटक सिमा क्षेत्रको अध्ययन गर्ने, सिमानामा राखिएका सिमा स्थम्भको अवस्थाको बारेमा नेपाल सरकारलाई जानकारी गराउने कार्यक्रमकै निरन्तरताका रुपमा टोली पठाएको जानकारी दिएका निरौलाले यसपछि जाडोका कारण सुरक्षा अधिकारीको टोली जान नसक्ने भएकाले अहिले पठाएको उल्लेख गरे ।
सीमामा सुरक्षा बल नहुँदा प्रहरी चौकी, मुगुगाउँमा रहेको प्रहरी चौकीले नैं सिमा सुरक्षाको काम गर्दै आएको छ ।