नन्द सिंह
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकामा बाढी पहिरोबाट पिडित भएका थप १५ घर परिवारलाई असोज १२ गते राहत सामग्री वितरण गरिएको छ ।
गएको साउन २९ गते परेको अविरल वर्षाले अदानचुली ५ करगैंका बाढि पहिरोबाट ग्रसित भएका पिडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले उक्त सामग्री वितरण गरिएको हो ।
जिल्ला सदरमुकाम सिमकोट पुगेका पहिरो पिडितलाई प्रति व्यक्ति १÷१ वटा पाल, १ सेट भाँडा, २ मिटर टाउकोमा बाँध्ने कपडा, २ वटा कम्बल, २ मिटर लुङगी, २ मिटर डोरी, एक वटा बाल्टी लगाएतका सामग्रीहरु वितरण गरिएको जिल्ला रेटक्रस सोसाइटीका कार्यालय सहायक छिरिङ पाल्देन लामाले जानकारी दिए ।
सामाग्री पाउनेमा अदानचुली ५ का गगन सिंह, नन्दे कजारा, कर्णबहादुर छत्याल, नैनबहादुर छत्याल, मिमबहादुर छत्याल, हर्कविर छत्याल, भक्त छत्याल, विरेन्द्र सिंह, मकविर छत्याल, दलविर शाही, मनसोभा शाही, बुमे छत्याल, धनबहादुर शाही, परे शाहीलागायतका पहिरो प्रभावित रहेका छन् ।
पहिराले पारे क्षेतीको प्रहरी मुचुल्का, सम्वन्धित गाउँपालिकाको सिफारिस र रेडक्रस शोसाइटी उपशाखाको सिफारीसका आधारमा राहत सामाग्री वितरण गरिएको हो ।