मुगु । छायाँनाथ रारा नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ ।
संघिय संरचना पछि पहिलो पटक छायाँनाथ रारा नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्य शुरु गरेको हो ।
अपाङ्गता अधिकार ऐन २०७४ र कार्यविधि २०७५मा उल्लेख भए अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत नगरपालिकाले बुधबार (हिजो) बाट परिचयपत्र वितरण शुरु गरेको नगरपालिकाका उप–प्रमुख सुन्तला रोकायाकाले बताइन् ।
रोकायाको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय–पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा नगर क्षेका अपाङ्गता भएकाहरुको स्तर र गम्भिर्यता पहिचान गरेर परिचय–पत्र वितरण गरिएको उप–प्रमुख रोकायाले जानकारी दिइन् ।
प्हिलो पटक शुरु गरेको वितरण कार्यक्रममा नगरभित्रका ५० जना अपाङ्गता भएका व्यत्तिले परिचय–पत्रका लागि दिएको निवेदनमा २९ जनालाई परिचय–पत्र प्रदान गरिएको छ । अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले उनिहरुको शारिरिक अशक्तका आधारमा छनोट गरि श्रेणीका आधरमा परिचय पत्र वितरण गरीएको उप–प्रमखु रोकायले बताईन् ।
पहिलो चरणमा ‘क’ श्रेणीका २ जना, ‘ख’ श्रेणीका ८ जना ‘ग’ श्रेणीका ७ जना र ‘घ’ श्रेणीका १३ जना गरी २९ जना अपाङ्गता भएका ब्यत्तिहरुलाई परिचय–पत्र वितरण गरीएको छ ।
बाँकी उपस्थित नभएका अन्य २० जनाको पनि नयाँ निवेदन परेकाले उनिहरुको अपाङ्गता परिचय–पत्र वितरण समन्वय समितिको अर्को निर्णय गरेर मात्रै वितरण गरिने जनाएको छ ।
यसैबिच अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालकाका नगरप्रमुख हरिजंग शाहीले यस नगर भित्र रहेका सम्पुर्ण अपाङ्गता ब्यत्तिको हितको संरक्षण गर्न, तिनका स्वास्थ्य, शिक्षा, रोजगारी, तालिमलगायतका अवसरमा सहभागि गराउन यस नगरपालिकाले परिचय–पत्र वितरण कार्य शुरु गरेको बताए । उनका अनुसार नगरभित्रका धेरै अपाङ्गता भएका व्यत्तिले परिचय पत्र नपाउदा समावेशिकरण हुन तथा राज्यको सेवा सुविधाबाट बञ्चित हुन परेको थियो ।