सिमकोट । परपुरुषसँग सम्बन्ध गरेको आरोपमा गाउँका सबै लागेर एक किशोरीलाई दिसा खुवाइएको छ ।
सिमकोट गाउँपालिका ७ओख्रेनकी २३ वर्षिय शाही थरकी किशोरीलाई गाउँकै देवर नाता पर्ने किशोरसँग लागेको आरोपमा दिसा खुवाइएको हो । गाउँकै देवर नाता पर्ने गाँदीराज शाहीसँग लागेको आरोपमा श्रीमान् धनबहादुर शाही र उनका गाउँलेले दिसा खुवाएका हुन् । बिहान ८ बजे कुट्न शुरु गरेपछि गाउँलेलाई बोलाएका श्रीमान्ले काठमा ल्याएर आफूलाई खुवाएको पिडित किशोरीले भनिन् ।
”शुरुमा ल्याएर दिसा खुवाए त्यसपछि सबैको अघि मेरो लामो कपाल काटे, जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेकी ती पिडित किशोरीले भनिन्, 'गाउँकै देवर पर्नेसँग फोन कुरा गरेकै आधारमा मेरो यस्तो हालत भोग्नु पर्यो ।” कपाल काटेपछि टाउँकोमा कपडा बेरेर बसेकी शाहीले गाउँका सबैलाई एकै ठाउँमा बोलाएर कालोमसो लगाउने, निर्घात कुट्ने देखि हात खुट्टा बाँध्नेसम्मका काम गरेको बताइन् ।
दिसा खुवाउँदा आफूले कुनै चाल नपाएको उल्लेख गरेकी शाहीले जन्मेको दिनदेखि पालेको कपाल काट्दा मरेतुल्य भएको बताइन् । “स्वाइनी मान्छेको अस्मीता भनेकै टाउँकाको कपाल हो, सुक्कसुक्क रुदैं उनले थपिन जन्म्याकै (जन्मेकै) दिनदेखि आमावुवाले नकाटेको कपाल आज समाजका अघि काट्दा आकासबाट छिरेजस्तो भयो ।”
गाउँले सबै आएर कुट्दा आप्mनो ज्यान भन्दापनि आप्mनै अघि रोएका २ वर्षको छोरी र ४ वर्षको छोराको निकै माया लागेको बताएकी उनले जुत्ताको माला लगाएर गाउँभर डुलाएको बताइन् । १७ वर्षकै उमेरमा आमा र वुवाको माया छोड्दै विवाह गरेर श्रीमान्को घर आएको बताएकी उनले पहिलो पटक जीवनमा यस्तो भएको बताइन् ।
घटना के भएको हो ?
वर्षाको समयमा गाउँका अधिकांश वासिन्दा लेकको वस्तीमा बस्ने गर्छन । सोही अनुसार डाँडाफया गाउँका अधिकांश वासिन्दा ओख्रेना गएका थिए । वेशीको कोदो पाकेको हुनाले पिडित किशोरी सुक्रबार कोदो टिप्न गाउँभन्दा तलको औल भन्ने ठाउँमा गएकी थिइन् । त्यसैबेला छिमेकी देवर नाता भएका किशोर गाँदीराज शाहीले गाउँबाट फोन गरे । झण्डै दश मिनेट फोनको वार्तालाव पश्चात साँझ साढे ६ बजेको समयमा बाटोमा भेट्ने सल्लाह भयो । सोही अनुशार दुई जनाको एकान्तमा भेट भयो ।
भेटमा दुई जना बीच के भयो भन्ने बारेमा दोहोरो आरोप प्रत्यारोप छ । भेट भएकै समयमा साँझ पर्दै गएको थियो । त्यस्पछि दुवैजना छुट्टीने बेला फोन परिवर्तन भएछ । किशोरको फोन किशोरीलाई, किशोरीको फोन किशोरलाई परेछ । त्यसपछि किशोरी घरमा पुगेपछि राती फोन साँटिएको थाहा भयो । किशोरी पछि नजिकै रहेको किशोरको घरमा गइन तर भेटिन् । डरले उनले आप्mनो दिदि नाता पर्नेलाई किशोरको उक्त फोन राख्न दिइन् । आफु घरमा खाएर गाउँकै नेत्र भन्नेको घरमा उनीकी छोरीसँग सुतिन । उनलाई घटनाले यस्तो मोड लेला भन्ने कुनै गुञ्जायस नैं थिएन् । तर उनीहरु दुवै सँगै बसेको खबर उनका श्रीमान्को कान र घरसम्म खबर पुगिसकेको थियो । केही समय अघि देखि नैं संका मानेका श्रीमान् धनबहादुर टिक्न नसकेर राती १ बजे झण्डै एक घण्टाके दूरी रहेको डाँडाफया गाउँमा भएको घरमा आप्mनी बिहिनी लिएर पुगे । डाँडाफया पुग्दा बित्तिकै घरको ढोकामा ताल्चा लगाएको देखे । अर्कोले भनेको सुनेको खबरलाई घरमा लगाएको ताल्चाले धनबहादुरले गरेको श्रीमतीप्रतिको शंकालाई थप प्रमाणीत गर्यो ।
रिसले चुर भएका उनले बहिनीको सहायतामा श्रीमतीको खोजि गरे । लगत्तै नजिकैको छिमेकको घरमा सुतेको थाहा पाएपछि श्रीमतीलाई राती १ बजे ल्याएर आप्mनै घरमा सुते । तर उनले श्रीमतीसँग कुनै शंकाको कुरा गरेनन् । बिहान सात बजे बठेपछि अनेक बहान खोज्दै अचानक खनिन थाले । श्रीमान्को रिस धाउन्यमा लागेकी ती किशोरीले केही बोलिलन् । बिडम्बना प्रतिक्रिया नदिएको विकुरालाई थप कमजोरीको पुष्टि गरेका धनबहादुरले ८ बजेदेखि भौतिक रुपमै कुट्न शुरु गरे ।
शुरुमा घर भित्र आफैले कुटेका धनबहादुरले चर्को श्वरमा गाउँलेलाई गुहार गरे । एकएक गर्दै गाउँले पनि धनबहादुरकै घरमा पुगे । ती किशोरी र छिमेकी गाँदीराजको फोन साँटिएको विषलयलाई सबैसामु राखेका धनबहादुरको भनाइलाई आधार मानेका गाउँले घरबाट दोषि भनिएका गाँदीराजलाई पनि ल्याए । त्यसपछि सबै मिलेर कुटपिट शुरु भयो ।
ठकुरी वस्ती र गाउँको निकै बेइजत गरेको भन्दै सबैतरिबाट अनेक थरी कुरा गर्न थालेपछि थप रिसिएका धनबहादुरले बाटोमा भएको दिसा काठको टुक्रोमा ल्याएर आप्mनी श्रीमती र दोषी मानिएका गाँदीराजलाई खुवाए । धनबहादुरले दिसा खुवाए पनि गाउँका कसैले कुनै प्रतिक्रिया दिएनन् बरु दुवै किशोर र किशोरीको हात खुट बाँध्नमा सहयोग गरे । लगत्तै हातमा कैची बोकेका धनबहादुरले आप्mनी श्रीमतीको टाउकोमा भएको लामा कपाल काट्न तम्सीए । दिसा खुवाउँदा समेत नाजवाफ भएकी श्रीमतीले आप्mनो सौभाग्यका रुपमा पालेको कपाल काट्न नदिन निकै प्रयास गरिन तर बिडम्बना उनले काटेरै छोडे । लगत्तै गाउँलेको सहयोगमा दुवैजनाको मुखमा कालो मसो र गलामा जुत्ताको माला लगाइयो । बिहान ८ बजेबाट शुरु भएको कुटपिट अपरान्ह १२ बजेसम्म कायमै थियो । माथिल्लो शरिरमा पिट्दा घाण् देखिने भएकाले सबैले दुवैको तल्लो शरिरमा मरणासन्न हुनेगरी कुटे । कुटपित चल्दै थियो तर ज्यान जोगाउनु पर्छ भन्ने गाउँकै केहीले धारापोरी प्रहरी चौकीमा खबर गरेकाले अपरान्ह १ बजे धारापोरीबाट प्रहरीको टोली घटनास्थलमा पुग्यो ।
प्रहरीको टोली पुग्दा दुवैजना मरेतुल्य मात्रै थिएन् अनुहार भरी कालो मसो दलिएको, गलामा जुक्तीको माला लगाइएको र किशोरीका अधिकांश कपाल काटेर मुडुल्लो बनाइ हातखुट्टा बाँधेर लडाएको अवस्थामा भेटे । उक्त अवस्था देखेर प्रहरीले जिल्ला हेडक्वाटरमा जाहेर गरे । जिल्ला प्रहरी प्रमुख सुर्यप्रकाश सुवेदीले सुन्ने बित्तिकै दुवैको हात खुट्टामा बाँधीएको डोरी फुकाउन दिएको आदेश अनुसरा प्ररीले किशोर र किशोरीलाई बाँधेको डोरी फुकाए । डिएसपीको आदेश अनुसार किशोरको हातमा हत्कडी लगाइयो भने किशोरीलाई त्यत्तकै छोडियो । प्रहरीको उपस्थितीले ती किशोर किशोरीको चोट मात्रै टलिएन घटना गाउँलेको हतबाट प्रहरी प्रशासनको जिम्मामा पुग्यो ।
‘दोषीलाई कानूनी कारबाही गर्छौ’–प्रहरी
सम्बन्धकमे आशंकामै दिसा खुवाउने महिलाको कपाल काट्ने जस्ता सामाजिक अपराध गर्ने व्यक्तीलाई कानून अनुसार कारबाही गर्ने जिल्ला प्रहरीले प्रतिवद्धता गरेको छ । दोष भएपनि त्यसलाई कारबाही गर्ने कानून हुँदा हुँदै आफैले कानून हातमा लिएर मनपरी गर्नु राम्रो नभएको बताएका प्रहरी प्रमुख सुवेदीले घटनाको थप अनुसन्धान गरेर दोषीलाई कारबाही गरेरै छोड्ने बताए ।
घटनाको जानकारी पाउने बित्तिकै आफू नजिकमा रहेको धारापोरी प्रहरी चौकी बाट सुरक्षाकर्मीलाई परिचलान गरेको उल्लेख गरेका प्रहरी नायव उपरिक्षक सुवेदीले भने, “पिडित सैरक्षण गर्ने नीतिअनुसार आफूले पिडित दुवैजनालाई उद्धार गरेर जिल्ला प्रहरीको निगरानीमा संरक्षण दिने काम गरेका छौं । पिडकलाई भोली म्याद थपेर कानून हातमा लिन हुँदैन भन्ने शन्देश दिन कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।”
घटनामा संलग्नताका आधारमा शुरुमा श्रीमान् सहित ८ जनालाई नियन्त्रणमा ल्याएको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयले कमजोरीका आधारमा नियन्त्रणमा लिने व्यक्ती थप घड हुने सक्ने जनाएको छ ।