सिमकोट । गएको साता सिमाना मिचेर भवन लगाएको भन्ने विवादले राष्ट्रिय तथा अन्तरािष्ट्रथरमा चर्चा भएको हुम्लाको नाम्खा गाउँपालिकाको लोलुङ क्षेत्रको विवादले नयाँ मोड लिएको छ ।
चीनले निर्माण गरेका भवनको नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि लाप्चा क्षेत्रको ललुङजोङ को स्थलगत भ्रमणमा गएका नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले लोलुङ क्षेत्रमा भएको १२ नम्बर सिमा स्थम्भ नयाँ निर्माण भएको दावी गरेपछि नेपाल चीन सिमा विवादले नयाँ मोड लिएको हो ।
सिमा क्षेत्रको अनुगमनमा गएका कांग्रेस नेता शाहीले १२ नम्बर पिल्लर भएको क्षेत्रमापुराना कंक्रिड, वालुवा र रोडा दिएको र पिल्लर पनि वि.सं. २०१९ मा निर्माण नगरिएको जस्तो देखिएको दावी गरे । सिमा क्षेत्रको भ्रमण गरेर लिमिको जाङ गाउँ पुगेका शाहीले सामाजिक १२ नम्बर पिल्लारको संरचना संकाष्पद भएको बताए ।
केही दिन अघि हुम्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा पनि उक्त सिमा क्षेत्रको स्थलगत भ्रमण गरेर फर्केका छन् । त्यसका बारेमा लामाले कुनै जानकारी दिएका छैनन् । लामासँगै गएको चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले आफूले पनि १२ नम्बर पिल्लरको एकतर्फी मर्मत गरेको जस्तो देखिएको बताए ।
“वि.सं २०१९ सलामा निर्माण भएको पिल्लर त्यति चिल्लो हुदैन्,” उनले भने, “पिल्लरको चीन क्षेत्रको भागमा भर्खर बनाएको जस्तो देखिन्छ तर नेपालतर्फको भाग भने पुरानै जस्तो देखिन्छ ।” यसबारेमा लिमिका स्थानीय वासिन्दाले भने कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ स्थित नापी विभागले भने पनि १५ वर्षयता नेपाल र चीनबीचको सीमामा कुनै पनि पिलर पुर्निनिर्माण नगरेको जानकारी दिएको छ । “नापी विभागले चीनतर्फको सीमा स्तम्भ मर्मतका लागि १५ वर्षदेखि कुनै टोली खटाएको छैन्” विभागका सूचना अधिकारी दामोदर ढकालले नेपालबोटसँगको कुराकानीमा भने, “सन् २००५/६ पछि सरकारले चीनतर्फको सीमा मर्मत, रंगरोगन गर्नका लागि सर्वेक्षकको कुनैपनि टोली टोली पठाएको छैन् ।”
कुनै पनि देशले एक पक्षीयमा रुपमा सीमा स्तम्भ मर्मत, पुनःनिर्माण तथा रंगरोगनसमेत गर्न नपाउने नियम रहेको उल्लेख गरेका प्रवक्ता ढकालले हुम्लाको १२ नम्बर पिल्लरका बारेका थप अध्ययन गर्ने उल्लेख गरे ।
नाम्खाको लोलुङजोङक्षेत्रमा चीनले निर्माण गरेका ११ वटा भवन नेपालीमा भूमिमा निर्माण गरेको खबर सार्वजनिक भएपछि जिल्लाका सुरक्षा अधिकारीको टोलीले पनि उक्त क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । गृहमन्त्रालयको निर्देशनमा गएको उक्त टोलीले सरकारलाई पठाएको प्रतिवेदनले समेत सिमानामा चीनले सिमा नमिचेको र पिल्लर नयाँ निर्माण नगरेको निचोड निकालेको छ ।
नेपाल सरकारलेसमेत लोलुङजोङ क्षेत्रमा चीनले सिमा नमिचेको बताएपछि जिल्लाका राजनीतिक दलहरुले सिमा विज्ञसहित प्राविधिकको टोली पठाएर सिमाना एकिन गर्न नेपाल सरकारलाई आग्रह गर्ने निचोड लिकालेको थियो ।
हुम्ला र चीनबीच को सिमा क्षेत्रमा मुख्य र सहायक गरेर १५ वटा सिमा स्थम्भ छन् ।