सिमकोट । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा श्रीमान्सहित गाउँले दिसा खुवाएर कपाल मुण्डन गरिएकी महिलाको मुद्धा बिस्तारै कमजोर हुने भएको छ ।
शुक्रबार बिहान गाउँकै देवर नाता पर्ने गाँदीराज शाहीसँग लागेको भन्दै श्रीमान् धनबहादुर शाहीको नेतृत्वमा गाउँका स्थानीयले दिसा खुवाउनुका साथै कपाल मुण्डन गरेर जुक्ताको माला सहित कुटपिट गरेर मरणासन्न अवस्थामा उद्धार गरेर प्रहरी आफैले जिल्ला सदरमुकाम सिमकोट ल्याएको मेशमा तीन दिनपछि आइतबार त्यही प्रहरीले उक्त किशोरीलाई दिसा नखुवाएको स्थलगत प्रतिवेदन तयार पारेपछि उक्त मुद्धा कमजोर हुने भएको हो । आइतबार (हिजो) जिल्ला प्रहरी कार्यालय सिमकोट र धारापोरी प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीय जनप्रतिनिधिको रोहवर श्रीमान्को नेतृत्वमा केही व्यक्तिले किशोरीको कपाल मुण्डन गर्ने र सामान्य कुटपिट गरेको साँचो भएपनि दिसा नखुवाएको भन्ने स्थलगत मुचुल्का तयार पारेर ल्याएपछि पिडित किशोरीले पाउने न्यायका बारेमा चिन्ता व्यक्त थालिएको छ ।
“सामुहिक रुपमा अपराध गरेको विषयलाई जिल्लाका राजनीतिक आडमा जनप्रतिनिधि र प्रहरीले पिडितलाई थप पिडा दिने काम शुरु गरेको छ, महिला मानव अधिकारकर्मी गंगा बोहोराले भनिन्, “आफैले उद्धार गरेर ल्याएको घटनामा तीन दिन नबित्दै प्रहरीले जानीजानी प्रमाण नस्ट गर्ने काम गरेको छ ।”
पिडित किशोरी र केही प्रत्यक्षदसीले दिसा खुवाएको बताइरहेकौ बेला प्रहरीले राजनीतिक आडमा तत्य र तत्थ्यलाई बंग्याउने काम गरेको आरोप लगाएकी अधिकारकर्मी बोहराले प्रहरीको यस्तो कामले समाजमा हुने महिला हिंसाका घटनामा वृद्धी हुने बताइन् ।
स्थानीय जनप्रतिनिधिले हस्ताक्षर गर्न नमान्दा स्थलगत मुचुल्कामा दिसा खुवाइएको कुरा उल्लेख गर्न नसकिएको प्रहरीले स्विकार गरेको छ । तीन दिनपछि घटनाको स्थलगत मुचुल्काका लागि आइतबार डाँडाफया पुगेको प्रहरीको टोलीमा संलग्न एक प्रहरीले भने, “स्थगत मुचुल्कामा कुनै जनप्रतिनिधिलाई हस्ताक्षर गराउनु पर्ने हुन्छ तर डाँडाफयाको घटनामा दिसा खुवाएको शब्द राख्ने बित्तिकै दोहोरा झडपको स्थिती आएपछि उक्त शब्द नराखिएको हो ।”
आप्mनो नाम उल्लेख गर्न नमानेकी ति सुरक्षाकर्मीका अनुसार दिसा खुवाएको शब्द राख्ने बिक्तिै मुद्धाको स्वरुप नै अर्कै हुने आँकलन गर्दै विभिन्न दलबाट समेत दवाव परेपछि पनप्रतिनिधिसहित गाउँका स्थानीय प्रहरीमाथि नैं आक्रमण गर्ने स्थिती आएपछि प्रहरी टोलीले माथिल्लो तहको आदेशमा उक्त शब्द नराखेकै स्थलगत मुचुल्का तयार पारेको खुलासा गरे ।
सातजान विरुद्ध मुद्धा दायर
प्रहरीले दिसा खुवाइएकी र कुटपिट गराई पाएकी २३ वर्षिय किशोेरीलाई दिसा खुवाउने, कपाल मुण्डन गर्ने, कालो मसो लगाउने, जुत्ताको माला लगाइदिने र कुटपिट गर्ने काममा संलग्न भएको आरोपमा सात जना विरुद्ध जाहेरी दर्ता गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ‘घ’ बमोजिम घटनामा दोषी ठानिएका सातजनालाई उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिए । पिडित किशोरीसँगै जिल्ला प्रहरी कार्यालय ल्याइएका उनीहरुलाई कानूनी दयारामा ल्याउन शनिबारकै दिन जाहेरी दर्ता गरिएको जानकारी दिएका प्रहरी प्रमुख सुवेदीले घटनामा संलग्न भएको आधारमा पिडित किशोरीका श्रीमान् २६ वर्षका धनबहादुर शाही, उनका दाजु ३८ वर्षका हरीबहादुर शाही, गाउँकै ३० वर्षका सेरबहादुर शाही, २२ वर्षका पुष्कर शाही, २१ वर्षका राज शाही र ४० वर्षका मानबहादुर सिंह रेहका छन् ।