सिमकोट । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संकगठन अखिल नेपाल स्वतन्त्र विद्यर्थाी संगठन (अनेरास्ववियू) हुम्लाको एकता प्रक्रिया टुंगिएको छ ।
साविकको अनेरास्ववियू र अनेरा स्ववियू (क्रान्तिकारी) जिल्ला कमिटि हुम्लाको एकिकृत जिल्ला कमिट र गाउँपालिकाका संयोजक सहसंयोजक तोक्ने काम भएसँगै विद्यार्थी संगठनको एकता प्रक्रिया टुंगिको हो ।
लामो समयको प्रयास पश्चात मंगलबार टुंगिएको एकता प्रक्रियामा ५१ सदस्यीय जिल्ला कमिटि, १७ सदस्यीय जिल्ला सचिवालय र जिल्लाका सातवटै गाउँपालिकाका संयोजक र सह–संयोजक तोक्ने काम गरेको एकिकृत अनेरास्ववियूका जिल्ला संयोजक गणेश भण्डारीले जानकारी दिए ।
“दुवै पूर्व विद्यार्थी संगठनकातर्फबाट ५१ सदस्यीय जिल्ला कमिटिमा २१ २१जनाको समान प्रतिनिधित्व गराइएको छ,” संयोजक भण्डारीले नेपालबोटसँग भने, “बाँकी ५ जना जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य सुरेश परियार र नवराज शाहीको तर्फबाट सिफारिस भएर आएका व्यक्तिलाई छनोट गरिएको हो ।”
जिल्ला कमिटिको संयोजक र सह–संयोजकको टुंगो केन्द्रले यसअघि नैं गरिसकेको थियो । गएको एक सातादेखि निरन्तर बसेको बैठकले १७ सदस्यीय सचिवालय बनाएको छ । जसमा १० जना पुर्व अनेरास्ववियूबाट र ७ जना पुर्व अनेरास्ववियू क्रान्तिकारीकोतर्फबाट प्रतिनिधित्व गराइएको छ ।
सातै गाउँपालिकाको संयोजक र सह–संयोजक तोकियो
पार्टी एकताको प्रक्रियाको टुंगो छिटै लागउने निर्णय अनुसार अनेरास्ववियूले जिल्लामा भएका सातवटै गाउँपालका स्तरको कमिटिका लागि संयोजक र सहसंयोजकको टुंलो लगाएको छ ।
ताँजकोट गाउँपालिकाको संयोजकमा छत्त मल्ल, सह–संयोजकमा जयपति ढकाललाई तोकिएको छ । यसैगरी अदानचुली गाउँपालिकाको संयोजकमा राजु पार्की, सह–संयोजकमा केशव ऐडी, सर्केघाड गाउँपालिकाको संंयोजकमा शिवराज फडेरा, सहसंयोजकमा खगेन्द्र धामी, चंखेली गाउँपालिकाको संयोजममा सुर बोहरा, सह–संयोजकमा वविता सिरालाई तोकेको छ ।
संगठनका जिल्ला सह–संयोजक पारस धामीका अनुसार खार्पुनाथ गाउँपालिकाको संयोजकमा मानबहादुर परियार, सह–संयोजकमा सुर्यबहादुर ऐडी, सिमकोट गाउँपालिकाको संयोजक राजबहादुर रोकाया, सह–संयोजकमा चिरञ्जिवि सिंह र नाम्खा गाउँपालिकाको संयोजक पोन लामा, सह–संयोजकमा देस्याक दोर्जे लामालाई तोकिएको छ ।
गाउँपालिकाको कमिटिमा चार गाउँपालिकाको संयोजक पूर्वअनेरास्ववियू र तीन गाउँपालिकाको जिल्मा पूर्व अनेरास्ववियू (क्रान्तिकारी) लाई जिम्मा दिने काम गरिएको छ ।
सात सदस्यीय कार्यालय टिम
एकिकृत भएको अनेरास्ववियूले सात सदस्यीय जिल्ला कार्यालय टिम निर्माण गरेको छ । जिल्ला संयोजक गणेश भण्डारीको संयोजकत्वमा पूर्वअनेरास्ववियूकोतर्फबाट चार र क्रान्तिकारीकोतर्फबाट तिनजनाको प्रतिनिधित्व गर्ने गरेर कार्यालय टिम निर्माण भएको सह–संयोजक धामीले जानकारी दिए ।
उनका अनुशार तिनवटा क्याम्पस भएको हुम्लामा गल्बा बहुमूखि क्याम्पस र सिमकोटको मानसरोवर बहुमूखि क्याम्पसको जिम्मा अनेरास्ववियूलाई जिम्मा दिइएको छ । भने सर्केघाड बहुमूखि क्याम्पसको जिम्मा क्रान्तिकारीलाई दिइएको छ ।
हेर्नुहोस् विवरणसहित