सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री बर्खास्त गर्न निर्देशन दिएका छन् ।
नेकपा कर्णाली प्रदेश सभाका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दलमा दर्ता भएको अविश्वासको प्रस्तावको मतदान प्रक्रियामा सहभागि नभएको भन्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नद्यदसिंह बुढालाई मन्त्रीबाट तत्कालै बर्खास्थ गर्न प्रचण्डले मुख्यमन्त्री शाहीलाई निर्देहन दिएका हुन् ।
प्रचण्डको निर्देशनअनुसार आज भोलि नैं वा दशैंलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाहीले दलको बैठक लगत्तै आफू निकटलाई दिएका छन ।
‘पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई कर्णालीमा ढालियो, अध्यक्ष कमरेड निकै खुसी हुनुभएको छ, उहाँले अव ओलीपक्षका दुवै जना मन्त्री बर्खास्त गर्न भन्नुभएको छ,’ पार्टी बिभाजनका लागि आधार तयार पार्न आज आयोजना गरिएको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै कर्णाली प्रदेशक ा एक सांसदले भने, ‘सिएम कमरेडले ओलीलाई ढालेकोमा बधाइ दिनुभएको छ, अव मन्त्री बर्खास्त गरी निषेध गरिन्छ ।’
उनका अनुसार मुख्यमन्त्री शाहीले ‘प्रचण्डको योजनामा कर्णालीमा ओली ढालियो’ भन्दै अव माधव नेपाललाई पूर्वमाओवादी शिविरमा शरणाथी बनाउने र त्यो कामका लागि जाजरकोटका निरज आचार्यको साथ लिने निश्कर्ष सुनाउनु भएको छ । मुख्यमन्त्री शाहीले आफू निकट सात सांसदलाई सुनाएअनुसार तात्कालिन एमालेमा बरिष्ठ नेता नेपाल निकट रहनुभएका केन्द्रीय सदस्य आचार्य तीन महिना अगावै प्रचण्डको शिविरमा पुगिसक्नु भएको छ । आचार्यले बाहिर नेपाल भन्ने, काम चाँही प्रचण्डको इसारा अनुसार गर्ने भन्दै आफूहरुको भित्रियाको रुपमा मुख्यमन्त्री शाहीले चित्रित गर्नुभएको ती सांसदले सुनाए ।
त्यसो त सुर्खेतमा मुख्यमन्त्री शाहीबिरुद्ध अबिश्वास प्रस्तावका लागि हस्ताक्षर गराउने मुख्य भुमिका खुल्नुभएका आचार्य अबिश्वास प्रस्ताव दर्ता गरेलगत्तै प्रचण्डकै दुत बनेर सुर्खेत पुग्नुभएको खुलासा स्वयं प्रचण्डले गरिसक्नु भएको छ । ‘निरज आचार्यलाई माधवजीले होइन, मैले नै सुर्खेत पठाएको हुँ,’ मुख्यमन्त्रीबिरुद्ध अबिश्वास प्रस्ताव दर्तापछि आफ्नै निवासमा छलफलमा बोलाएर यमलाल कँडेल र गुवालजंग शाहसँग अध्यक्ष प्रचण्डले यसअघि नैं भनेका थिए ।