काठमाडौं । नेपालीहरुको महानचाड वडा दशै प्रत्येक घरपरिवारमा हर्षोल्लासमय वातावरणमा मनाइदै छ ।
कोरोना भाइरसको महामारीका बिच शुरु भएको दशैं विगतका वर्षहरुझै खासै रमझम देखिदैन् । विभिन्न कामले घर छोडेर संघीय राजधानी काठमाडौंमा आएकाहरु पनि घर फर्किनेको संख्या न्यून भएपछि यो पटकको दशैंमा घरफर्किनेको संख्यापनि निकै कम छ ।
हरेक वर्षको दशैंमा निकै व्यस्त देखिने नयाँ वसपार्क यो वर्ष सुनसान जस्तै देखिन्छ । फाट्टफुट्ट मात्रै बस आउने र जाने गरेका छन् भने यात्रुहरुको पनि खासै चहलपहल छैन् ।
दशैंमा घर फर्किन गोंगबुनयाँ वसपार्क, कलंकी, माछापोखरी, कोटेश्वर तीनकुने क्षेत्रमा यात्रुहरुको यो पटक खासै उपस्थिती छैन् । विशेष गरी छोटो दुरीको गन्तब्यमा जान आतुर यात्रुहरु बस र माइक्रोको प्रतिक्षामा देखिन्थे । दशैंमा घर फर्किनेहरुका कारण काठमाडौं उपत्यकाको चहलपहल दिनप्रति दिन घट्दै गएको छ ।
पछिल्लो समय कोरोना संक्रमणको हटस्पटका रुपमा काठमाडौं रहेपछि अति व्यस्त काठमाडौंको असन, इन्द्रचोक, माछापोखरी, शपिङ मलहरुमा भने सर्वसाधारणको चहलपहल पनि खासै छैन् ।
शहरको भित्रि भागको पसल तथा वजारहरु बन्द छन् । सटरहरु बन्द गरिएका छन् । शहरको मुख्य सडकमा निजी सवारी साधनहरु गुडिरहेका देखिन्छन ।
हेर्नुहोस दशैको वसपार्क