मुगु । हिमाली जिल्ला मुगुका मन्दिरका नाममा भएको वग्गामा समेत भूमाफियाको चलखेल शुरु भएको छ ।
जिल्लाको सदरमुकामको (बीच) मुटुमै रहेको प्रसिद्ध धार्मिक स्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा दिन९प्रतिदिन तीव्र रुपमा अतिक्रमण भएपछि यस्तो तत्थ्य खुलासा भएको हो ।
\कालिका मालिका मन्दिरको नाममा २०५२ सालमा सञ्चालन भएको नापीमा रहेको किता नम्बर १२ को २ हजार २ सय ४८ क्षेत्रफलमा रहेको जग्गा पछिल्लो समयमा मन्दिरको जग्गा नजिकै दिन९प्रतिदिन निर्माण भैरहेका घर९जग्गा धनीहरूले अतिक्रमण गरिरहेका छन् ।
कालिका मालिका दुवै देवी हुन्, कालिकालाइ रगतको भोग लाग्छ भने मालिकालाइ दूध भोग लाग्छ । छत्यालको ९मल्ल०को स्थापनादेखि नै कुल देवताको रुपमा कालिका मालिका मानिँदै आएको छ, अर्थात् राजकीय डाँडा भएको हुँदा कालिका मालिका ठूलो ठाँउ हो ।
हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि, समन्वय क्याटरदेखि, राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घर लगायत वरिपरिको क्षेत्रमा रहेको चार किल्लाभित्र कालिका मालिकाको मन्दिर छ । साथै दमाया ढुक्सो, भिम सेन थान पनि यही जग्गाभित्र पर्छ । भूमाफियाहरू र २०५२ सालमा नापी गर्ने कर्मचारीहरूको मिलोमतोमा ९ रोपनीभन्दा बढिरहेको जग्गा अतिक्रमणमा परेको भु।पु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले बताएका छन् ।
पहिला ९ रोपनी ४ हजार क्षेत्रफलभन्दा बढी थियो, पछिल्लो नापी भैसकेपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुको विवरणसहित मन्दिरको कागज पत्र रहेको रेकर्ड फाईलमा राखेको उनले बताए । मन्दिर व्यवस्थापन समितिले केही कुनै पहल वा चासो नदेखाएको र पछि आउने समिति कडा भएपछि कुनै पहल हुन्छ कि भन्ने आश रहेको कालिका मालिका मन्दिरका पुजारी पूर्ण प्रसाद चौलागाईंले बताएका छन् ।