पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको बिस्तारको काम शुरु भएको छ ।
पर्वत खण्डमा पर्ने ५५ किलोमिटर खण्डमा रोकिएको कामले गति लिएको हो । ठेक्का आब्हान भएर सम्झौता भए पनि निर्माण कम्पनीको ढिला सुस्तीका कारण मन्द गतिमा अघि बढिरहेको थियो । पछिल्लो समय कामले गति लिन थालेको छ ।
लोकमार्ग आयोजना कार्यालयले चालु वर्ष भित्र १२ किलोमिटर ट्रयाक खोल्ने र ७ किलोमिटरमा कालोपत्र गर्ने तथा बाँकी खण्डको स्तरउन्नती गर्ने गरि काम अगाडी बढाएको छ । करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुबेदीले सेतीवेणी देखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु भैसकेको जानकारी दिए ।
लोकमार्गमा स्याङजा र पर्वत जोडने मोटरेवल पुल सेतीखोलामा निर्माणधिन अवस्थामा छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेवल पुल निर्माण सम्पन्न भईसकेको छ । लमाएखोलाको पुलको निर्माण पनि अन्तिम चरणमा रहेको सुबेदीले बताए ।
चालु वर्षभित्रै सेतीबेनी देखि अर्मादी सम्म गाडी गुड्ने गरि काम अगाडी बढेको सुबेदीले जानकारी दिनुभयो । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्रयाक्क खुल्न बाँकी रहेको छ । बाँकी रहेको ट्रयाक तिहार सम्म खोलिसक्ने कार्यालयको तयारी छ ।
यो सडकले देशको उत्तर चिन र दक्षिण भारतलाई जोड्छ । मुख्य गरी विहादी गाउँपालिका देखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाक्कमा अहिले स्तरोउन्नतीको काम भइरहेको छ । यो खण्ड पनि कालोपत्र गर्न टेण्डर आव्हान गर्ने तयारी रहेको पर्वतका प्रतिनिधीसभा सदस्य पदम गिरीले बताए ।
सांसद गिरीले चालु आर्थिक बर्षमा नै लोक मार्गको रानीपानी देखि बर्राचौर बाच्छा पाङराङ कुर्घा हुँदै फलेवास ढिकसम्मको सडकलाई कालोपत्रे गर्नका लागि बजेट निकाशाको प्रक्रिया भइरहेको जानकारी दिए । उनले ठेक्का आब्हानको प्रक्रिया अघि बढेको भन्दै बजेटको सुनिश्चितता अर्थ मन्त्रालयबाट भए लगतै बोलपत्र आब्हान गरिने समेत जानकारी गराए ।
बोलपत्र आब्हानको प्रक्रियाका लागि करीडोरको कार्यालयलाई निर्देशन दिईएको र फाइल स्विकृत गराएर चालु बर्ष देखि नै कालोपत्रेको काम शुरुवात गराउने सांसद गिरीले प्रतिबद्धता समेत ब्यक्त गरे ।