काठमाडौं । नेपालमा शुक्रवार सम्मको तथ्यांक अनुसार एक लाख ६८ हजार २३५ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भइसकेको छ। संक्रमण सबैभन्दा बढी हुने खराब मुलुकहरुको सूचीमा नेपाल ३३ औं स्थानमा आइपुगेको छ।
संक्रमण पुष्टि भएका मध्ये हालसम्म ९२० जनाको मृत्यु भइसकेको छ। जुन कुल संक्रमितको ०।५ प्रतिशत हो। त्यस्तै एक लाख २८ हजार ९५८ जना संक्रमित संक्रमण मुक्त भइसकेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ।
तथ्यांक अनुसार संक्रमित मध्ये ७६।७ प्रतिशत संक्रमण मुक्त भइसकेका छन् भने अझै २२।८ प्रतिशत सक्रिय संक्रमित छन्। हाल नेपालमा ३८ हजार ३५७ जना उपचारका क्रममा छन्।
५२ प्रतिशत संक्रमित बागमती प्रदेशका
हालसम्म संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन्। कुल संक्रमित मध्ये सबैभन्दा बढी बागमतीका ५२।३ प्रतिशत हुन्। बागमती प्रदेशका ८७ हजार ९९० जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै लुम्बिनी प्रदेशमा १९ हजार १७४ जना संक्रमित पहिचान भएका छन्। जुन कुल संक्रमितको ११।४ प्रतिशत हो। प्रदेश १ मा ११।३ प्रतिशत संक्रमित छन्। प्रदेश १ मा हालसम्म १८ हजार ९९७ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश २ मा शुक्रवारसम्मको तथ्यांकमा १८ हजार ७६ जना संक्रमित पहिचान भएका छन्। जुन १०।७ प्रतिशत हो।
त्यस्तै सुदुरपश्चिम प्रदेशमा ५।८ प्रतिशत अर्थात ९ हजार ७९१ जना तथा गण्डकी प्रदेशमा ५।१ प्रतिशत अर्थात ८ हजार ६०८ जना संक्रमित पहिचान भएका छन्।
सबैभन्दा कम कर्णाली प्रदेशमा कुल संक्रमितको ३।३ प्रतिशत मा संक्रमित पहिचान भएका छन्। कर्णालीमा हालसम्म ५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ।
४८ प्रतिशत मृत्यु बागमतीमै
हालसम्म मृत्यु भएका ९२० जना मध्ये सबैभन्दा बढी बागमती प्रदेशकै हुन्। कुल मृत्यु भएका संक्रमितको ४८।६ प्रतिशत बागमती प्रदेशका हुन्। बागमती प्रदेशमा ४४७ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै प्रदेश २ मा १७।१ प्रतिशत अर्थता १५७ र लुम्बिनी प्रदेशमा १३।७ प्रतिशत अर्थात १२६ जना रहेका छन्।
प्रदेश १ मा १२।५ प्रतिशत अर्थात ११५ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै गण्डकी प्रदेशमा ५।२ प्रतिशत अर्थात ४८ जना संक्रमितको मृत्यु हुँदा सदुरपश्चिममा १७ जना र कर्णालीमा १० जना मात्र संक्रमितको मृत्यु भएको छ।
नेपालमा रहेका सक्रिय संक्रमितको ५१।५ प्रतिशत संक्रमित उपत्यकामा नै छ। हाल नेपालभर ३८३५७ जना सक्रिय संक्रमित रहेकोमा १९ हजार ७५२ जना उपत्यका मात्र हुन्। जसमध्ये काठमाडौंमा १६ हजार २४२, भक्तपुरमा एक हजार १६५ र ललितपुरमा २३४५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।