सुर्खेत । एका बिहानै मन्त्री हेरफेरको हल्ला चलेको कर्णाली प्रदेशमा मन्त्री परिवर्तन केहि दिन धकेलिएको छ ।
पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्षद्धय केपि शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड बीचको ११ दिन लामो संवादहिनताको अन्त्य भएर पार्टी स्थायी कमिटि बैठक बस्ने कुरा चलेकाले तत्काल कर्णालीका मन्त्री परिवर्तनको काम केही दिन पर सरेको हो ।
नेताहरुबीच पार्टी भित्रको विवाद समाधानका लागि पहल भैरेहको बेला मन्त्री फेरबदलले थप समस्या उत्पन्न हुनसक्ने भन्दै केन्द्रबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन आएपछि आज हुने भनिएको मन्त्री हेरफेर तत्कालका लागि टरेको नेकपा कर्णाली प्रदेश कमिटिको उच्च स्रोतले जनाएको छ । “शनिबार साँझ पार्टीका नेताहरुको निर्देशनमा आज कुनैपनि हालतमा मन्त्री हेरफेर हुने कुरा थियो,” स्रोतले भन्यो, “बिहान एकाएक केन्द्रबाट मन्त्री फेरबदल गर्दा त्यसको असर अध्यक्षद्धय बीच भएको छलफलमा पर्ने भएकाले तत्काललाई सरकारका मन्त्री फेरबदल नगर्नु भन्ने निर्देशनले तत्काल कर्णाली प्रदेशका मन्त्री परिवर्तनको कुरा टरेको हो ।”
“आफै संलग्न सरकार प्रमुख अर्थात मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिएका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर नयाँ तीनजनालाई मन्त्रीमा नियुक्त गर्ने कुरा लगभग पक्का थियो,” मन्त्रीमा जान तयार भएका एक सांसदले नेपालबोटलाई भने, “पार्टी केन्द्रबाट आज बिहान आएको निर्देशनले उक्त काम केही दिन पर सरेको छ ।”
एकाएक कसरी आयो मन्त्री परिवर्तनको हल्ला ?
असोज अन्तिम सातादेखि देशको राजनीतिक वृतमा मुख्य विषयका रुपमा चर्चा पाएको कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव दशैं शुरु भएलगत्तै कार्तिक ७ गतेयता केही मत्थर भएको थियो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग शक्ति सन्तुलनको बार्गेनिङमा लागेको प्रचण्ड नेपाल समुह वार्तामा आप्mनो उपस्थितीलाई बलियो देखाउन पनि कर्णालीका मन्त्री परिवर्तन गर्न चाहन्थ्यो । सोही अनुसार ११ दिनपछि पार्टी अध्यक्षद्धयबीच शुरु भएको संवादमा आप्mना कुरा थप पेचिलो बनाउने लक्ष्यका साथ शनिबार साँझ कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई टेलिफोन गरेर पुर्वसहमती अनुसार अविश्वासको प्रस्तावको पक्षमा उभिएका दुई मन्त्रीलाई हटाएर नयाँलाई नियुक्त गर्न निर्देशन गरेको थियो ।
उक्त निर्देशन सम्बन्धि खबर तत्कालै मुख्यमन्त्री शाहीको सचिवालयबाट हटाइन लागेको मन्त्रीहरुकहाँ पुग्यो । उक्त कुराले सत्ता बर्हिगमनमा रहेका मन्त्री रावल र बुढाको निवाशमा निकै खैलाबैला मच्चियो । आप्mनो सर्कलमा सवत्र्र चर्चा भएपछि सामाजिक विकास मन्त्री दल रावलले मनमै राख्न सकेनन् । आइतबार बिहान साढे ५ बजे आप्mनो फेसवुकमा स्टाटस लेख्दै आप्mनो बर्हिगमनको स्पष्ट संकेत दिए । उक्त स्टासटसले मन्त्री निवाश, पार्टी भित्र र आफन्तमै सिमित उक्त खबर मिर्मिरे बिहानीसँगै सञ्चार माध्यममा समेत छायो ।
यस्तो छ विवादको सृंखला
पार्टी भित्र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच शक्ति सन्तुलनको विवाद उत्कर्षमा पुगेका बेला नेकपा कर्णाली प्रदेशसभा दलमा मुख्यमन्त्रीका आकांक्षी पार्टी प्रदेश कमिटि सह इन्चार्ज यमलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले गते मुख्यमन्त्री शाहीको विरुद्धमा गएको असोज २५ गते अविश्वसकोप्रस्ताव दर्ता भएको थियो । ४० सदस्य भएको प्रदेशसभामा ३३ जना सांसद भएको नेकपामा १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्री पदकै भविश्यमाथि संकट उत्पन्न भएको थियो ।
केन्द्रको विवदामा कर्णाली सत्ताको विवाद भित्रिएपछि अध्यक्ष ओली पक्षले दर्ता गरेको अविश्वासको प्रस्तावको मुकाविला गर्न कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल एक ठाउँमा उभिए । लगत्तै प्रचण्ड र नेपालबीच भएको बैठकले आफू समर्थक सांसदलाई तत्काल अविश्वासको विपक्षमा मत जाहेर गर्न निर्देशन भयो । थप छलफलका लागि मुख्यमन्त्री शाही लगायत दुवैपक्षका नेता तथा सांसदलाई काठमाडौं बोलाएको नेकपाले विवादको टुंगो लगाउन सकेन । तर प्रचण्ड, नेपालले आफूपक्षिय सांसदलाई मुख्यमन्त्री शाहीको पक्षमा उभिन दिएको निर्देशन लगत्तै गएको कार्तिक ७ गते बसेको संसदीय दलको बैठकमा १८ जना सांसदको ध्वनी मतदानले अविश्वासको प्रस्तावलाई विफल बनायो । प्रदेश सरकारमा ओली पक्षका दुई मन्त्रीलाई हटाएर त्यसको स्थानमा वरिष्ठ नेता नेपाल पक्षका नेतालाई नियुक्त गर्ने सहमती अनुसार मुख्यमन्त्री शाहीले दुई जना मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्ने करा बाहिर आएको हो ।
कर्णाली प्रदेशसभा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाही विरुद्ध दलमा दर्ता भएको अविश्वासको प्रस्ताव माथि अन्तिम टुंगो लगाउन गएको कार्तिक ७ गते बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएर अविश्वासको प्रस्तावको पक्षमा उभिएका प्रदेश सरकारका दुई जना मन्त्रीप्रति रिसिएका मुख्यमन्त्री शाहीले पार्टी कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा हटाएर अन्य सांसदलाई मन्त्री बनाउने अन्तिम तयारी आज हुँदै थियो ।
मन्त्री परिवर्तन नहुँदै हल्ला सञ्चार माध्यममा छरपष्ट भएपछि पार्टी हेडक्वाटरको निर्देशनले तत्कालका लागि कर्णाली प्रदेशका मन्त्री परिवर्तनको मिति केही पर सरेको छ ।