काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदिप नेपालले अध्यक्ष केपी शर्मा ओलीबाट अब पार्टीको भविष्यसंभव नहुने बताएका छन् ।
पछिल्लो समय पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटमा नेता नेपालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री निकट नेताहरुले सक्रिय बन्न तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई मिलाएर पूर्वएमालेलाई एक ठाउँमा ल्याउने काममा सहयोग गरिदिन आग्रह गरेको तीन दिनपछि नेता नेपालले यस्तो बताएका हुन् ।
पछिल्लो समय घरमै बसेका नेपालसँगको भेटका बारेमायस्तो कुरा बताएको कोटेश्व्र स्रोतले जनाएको छ । ‘उहाँहरु मलाई भेट्न आउनु भएको थियो । मलाई सक्रिय राजनीतिमा लाग्न सुझाव दिनुभयो । तर, अध्यक्ष बन्न भने भन्नु भएको होइन । उहाँहरुले केपी ओली र तपाईँलाई मिलाइदिनु पर्यो भन्नुभयो । मैले अब तपाईँहरुले नेतृत्व गर्नुपर्छ भनेर जवाफ दिएको थिएँ ।’ नेपाललाई उदृत गर्दे एक स्रोतले भन्यो, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई समयमै सजग बनाएर लिने होइन भने पार्टी भित्र थप संकट उत्पन्न हुनसक्छ भन्ने धारणा वरिष्ठ नेता नेपालसँग उहाँले राख्नु भएको छ ।’
भेटवार्ताका क्रममा वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान उनले आग्रह गरेका थिए । तर, वरिष्ठ नेता नेपालले आफूमा नभएर ओलीमा समस्या भएको बताएका थिए । उनले प्रदीप नेपालसँग भने, ‘जनता कोरोना महामारीबाट मरिरहेका छन्, तर सरकारले कुनै पनि राम्रो काम गरेको छैन । उहाँ अरुलाई होच्याउने, धम्की दिने र नेता खरिद बिक्री गर्नेकाममा केन्द्रित हुनुहुन्छ । केपीबाट अब नेतृत्व सम्भव छैन, समस्या उहाँमा छ सम्झाउँनुस् ।’
वरिष्ठ नेता नेपालले आफू मिलेर जान तयार रहे पनि ओलीमा सबैलाई उपयोग गर्ने बानी कहिल्यै नहटेको बताए । उनले भने, ‘वैचारिक वा अन्य सबैहिसाबले मिलेर जान म तयार नै छु । तर, उहाँमा विधि, प्रक्रिया, पार्टी कसैले भनेको नमान्ने दम्भ छ । घमण्डले गर्दा उहाँसँग सहकार्य सम्भव हुने अवस्था छैन । त्यसैले तपाईँलाई फेरि पनि मेरो आग्रह एक पटक राम्रोसँग सम्झाउनुस् । विधि र प्रक्रिया अनुसार पार्टीलाई अगाडि बढाएमा कुनै समस्या नै छैन ।’