रुपलाल बोहोरा
डोल्पा । देबताप्रतिको आस्थाले जिल्लाको मुड्केचुला गाउँपालिका ६ को नर्कु थरगाउँ अहिले मदिरा पयोग सुन्य गाउँ भएको छ ।
सबै स्थानिय बासिन्दा कूल देवताको पुजा गर्नतर्फ लागेपछि मदिरा (जाँड,रक्सी, छ्याङको उत्पादन तथा बिक्री वितरण देखि प्रयोग गर्न प्रतिबन्द भएपछि गाउँ नैमदिरा सुन्य भएको हो ।
लामो समयपछि गाउँ मदिरा उत्पादन, विक्रि, वितरण र प्रयोगमा सुन्य भएपछि गाउँ अहिलेशान्त भएको स्थानीयले बताएका छन् । ३३ घरधुरी भएको उक्त गाउँमा कसैलाई पनि मदिरा उत्पमदन, विक्रि वितरण तथा सेवनमा देवताका धामी मार्फत प्रतिबन्द गरिएपछि यस्तो भएको वडा सदस्य मुनलाल बुढाले बताए । विगतका वर्षमा गाउँका अधिकांश घरमा स्थानीय मदिरा उत्पादन गर्न थालेपछि प्रयोग गर्नेकोसंख्या अनपेक्षित बढेपछि कूल देवताका धामीले पुजाको अवधीमा मदिरामाथि प्रतिबन्द गर्ने उर्दि जारी गरेपश्चात गएको दुई वर्षयता गाउँ मदिरा सुन्य भएको स्थानिय पुजारी रामबहादुर बोहोराले जानाकारी दिए ।
“यस्तो गर्नुपूर्व गाउँमा मधिरा सेवन गरेर निकै होहल्ला हुने, दिनहुँ झै झगडा हुने र महिलामाथि अनेकखाले घरेलु हिंसा समेत हुन्थो,” उनले नेपालबोटसँग भने, “देवताका नाममा मदिरामाथि अघोषित साँस्मृतीक रुपले प्रतिबन्द लगाएयता गाउँ निकै शान्त भएको छ ।”
गाउँमा मान्ने विभिन्न देवताका १३ जना धामी र १२ जना पुजारी (डाँग्री) भएको गाउँमा अहिले कसैले अटेर गरेर मदिरा उत्पादन, विक्रि वितरण वा सेवन गेको पाइएमा धामीमा देवता प्रकट भएपछि विभिन्न श्राव दिने डरलेपनि स्थानीय डराएर मदिरा सुन्य भएको स्थानीयले बताउने गरेका छन् ।
तीने तहका सरकारका विभिन्न निकाय, प्रहरी प्रशासन, विभिन्न तका गैरसरकारी संस्थाले मदिार नियन्त्रण सम्बन्धि अनेकथरी अभियान सञ्चालन गर्दा समेत नरोकिएको मदिरा गाउँका देवताको आदेशबाट छिनभरमै रोकिएपछि नर्कु जिल्लाकै नमुना गाउँका रुपमा चिनिन थालेको छ ।
देवताले परम्परादेखि मान्दै आएको रैथाने साँस्कृती मान्नुका साथै सामाजिक विकृतीका अभियानमा समेत सफल भएपछि यसले समाजमा सकरात्मक सन्देश फैलिएको वडा सदस्य बुढाले स्विकार गरे ।
घरेलु मधिरा उत्पादन र प्रयोगमा रोक लागउन स्थानीय तह, प्रदेश र संघले निर्माण गरेका कानून अनुसार प्रहरी लगाएर अनेक कदम चालिएपनि सफल नभएको बताएका बुढाले भने, “कूल देवताको नामले अत्याकि मात्रामा मदिरा प्रयोग हुने गाउँ अहिलेसुन्य हुनु निकै सरकारत्मक काम हो ।” धामीझाँक्रीलाई नकरात्मक ढंगले मात्रै परिभाषित गर्ने काम भैरहेको बेला यसले समाजको नमुना काम पनि गर्न सकिन्छ भन्ने सन्देश हिमाली जिल्ला डोल्पाको उक्त गाउँले दिएको दवाी बुढाको छ ।