दाङ । दाङमा जनता आवास कार्यक्रम अन्र्तगत अति विपन्न दलित, सिमान्तकृत, लोपोन्मुख समुदायको घर निर्माण भईरहेका छन् ।
सरकारले आर्थिक अबस्था कमजोर भएकाहरुको नयाँ घर बनाईदिए पछि उनिहरु खुशी भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ सम्झना टोलका पार्वती नेपालीको आफ्नो घर थिएन ।
ओत लाग्ने छानो हाल्ने रहर भएपनि आर्थिक अबस्था कमजोर भएकै कारण कयौं हिउँद बर्खा दुखःमा बिते । तर यसपाली सरकारले पक्की घर बनाईदिए पछि विगतका पीडा बिर्सिएर, उहाँको मुहारमा खुशी फर्किएको छ । नयाँ घर पाएपछि, घोराही १८ का गोविन्द विकको मुहारमा पनि खुशीले भरिएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण छाक टार्न मुस्किल थियो । तर नयाँ पक्की घरमा बस्न पाएपछि गरिबको पनि सरकार रहेछ भन्ने उनलाई लागेको छ ।
सरकारले विपन्न दलित, अल्पसङ्ख्यक र मुस्लिम समुदायका घर निर्माण गर्दै आएको छ । सोहि बमोजिम दाङमा अहिले दश वटै पालिकामा दुई सय ६७ वटा आवास निर्माणाधिन अवस्थामा रहेका छन् । शहरी विकास तथा भवन कार्यालय दाङका छैठौं अधिकृत शेरबहादुर केसी ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत रहेको शहरी विकास तथा भवन कार्यालय दाङले जनता आवास कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५ अनुसार दाङ सहित रोल्पा, प्युठान र पुर्वी रुकुममा काम गरिरहेको छ ।
आफ्नो नँया घरमा बस्ने सपना पूरा गर्न नसकेका सयौं विपन्न परिवारलाई सरकारको यो कार्यक्रमले धेरै सहयोग पुगेको छ । उनिहरु ओत लाग्ने छानो पाएपछि, सरकारलाई धन्यवाद दिईरहेका छन् ।