मुगु । विश्वले सञ्चार क्षेत्रमा आकास पातल फड्को मारिसकेको समयमा पनि अझै पनि कर्णालीका दुर्गम जिल्लामा गतिलो सँग टेलिफोन र ईन्टरनेटको पहँच बाट बाहिर रहेका छन् ।
कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, डोल्पा र मुगुका अधिकांस स्थान गाउपालिकामा हाल सम्म पनि गतिलो सँग टेलिफोन र ईन्टरनेटको पहुँच बाट टाढा रहेको पाईएको हो । यस्तै जुम्ला जिल्लाको नेपाली भाषाको उद्गम स्थलमा अवस्थित एक गाउँपालिका जुन ईन्टरनेट र टेलिफोन सेवा बाट बाहिर रहेको छ ।
जिल्लाको कनकासुन्दरी गाउपालिका र पालिकाका स्थानीय बासि हाल सम्म टेलिफोन र ईन्टरनेटको सेवा बाट बञ्चित रहेका छन् ।
कनका सुन्दरी गाँउपालिकामा रहेको कार्यालय स्थान र अन्य दर्जनौ बस्तीमा रहेका स्थानिय बासीहरु टेलिफोन र ईन्टरनेट बिहिनहुदा गाँउपालिकाको काम काज गर्न समेत निकै सास्ती खेप्नु स्थानीयले बताए ।
नेपाल टेलिकमले सञ्चार क्षेत्रमा पछिल्लो समयमा राम्रो पहुँच बढाए पनि नेपाली भाषाको उद्गम थलो कनकासुन्दरी गाँउपालिमा भने सञ्चार क्षेत्रको पहुँचामा भने शुन्य रहेको छ ।
पटक पटक कनका सुन्दरी गाँउपालिका रहेको स्थान र आसपासमा रहेका दजर्नौ बस्तीहरुको लागी टेलिफोन र ईन्टरनेट ब्याबस्थापनको लागी क्षेत्रीय कार्यालय ,केन्द्रीय कार्यालयमा आफै पुगेर धेरै पटक टेलिकमका कर्मचारीहरुसँग बसेर मौखिक तथा लिखितमा टेलिफोनको टावर र ईन्टरनेटको लागी पहल गरेपनि हाल सम्म कुनै पनि सुनाई नभएको हुदा यस क्षेत्रका स्थानिय बासीहरु सञ्चार क्षेत्र बाट पिडीत रहेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय नरबिर रावतले नेपालबोटलाई जानकारी दिए ।
यता नेपाल टेलिकमले कनकासुन्दरी गाँउपालिका वडा नम्बर ६ बिराटमा नेपाल टेलीकमको थ्रिजी सहितको सेवा दिने गरि टावर सञ्चालन गर्ने भनेर ३ बर्ष पहिला ठेक्का गरेता पनि हाल सम्म कुनै पनि टावर निर्माणमा काम अगाडी नबढेको र लाखौं मूल्यका सामानहरु ल्याएता पनि छताछुल्ल अवस्थामा रहेको अध्यक्ष रावलले जानकारी दिए ।
सो क्षेत्रमा बस्ने २ हजार २ सय ४७ घर परिवारका १३ हजार २ सय १६ जना स्थानिय बासीहरु सञ्चार बिहीन भएका छन । घर बाहिर गएका आफ्ना आफन्त लाई सम्पर्क गर्न खोज्दा र नेपालमा भईरहेका राजनीतिक अवस्था र अन्य सुचना सन्देश हेर्न लाई फेसबुक खोल्यो उहि सेवा दिन नपाउदा आफुलाई दुःख परेको कनकासुन्दरी गाउँपालिका वडा नं ५ का स्थानीय कल बहादुर सुनारले जानकारी दिए । उनका अनुसार आफन्तहरुलाई फोन गर्न परेको डाडाकाडा,रुख चडेर २,३ घण्टा टाढा गएर फोन सम्र्पक गर्नु परेको छ ईन्टरनेटको सेना कहिले हो भन्दै स्थानिय वासिहरुको गुनासो रहेको छ ।